१४ लाख बराबरको सैफ्टी टैँक र ट्रयाक्टर पक्राउ
गस्ती टोलीलाई देखि ट्रायक्टर चालक भागी भारत तर्फ फरार भएको छ भने सैफ्टी टैँक र ट्रयाक्टरलाई भन्सार छली गरेको भन्दै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको हो ।

२०७९ भदौ २८ मंगलबार, राति ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतबाट नयाँ बनाएर ल्याउँदै गर्दा १४ लाख बराबरको सेफ्टी टैँक र ट्रयाक्टर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको टोलीले धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनरबाटस्थितबाट नयाँ बनाएर ल्याउँदै गरेको सेफ्टी टैँक र जोडिएको ट्रयाक्टरसहित कुल १४ लाख रुपैयाँ बराबरको समान बरामद गरेको हो ।
सोमबार अपरान्ह करिब ४ बजेको समयमा भारतबाट नयाँ सैफ्टी टैँक ल्याउँदै गर्दा प्रदेश २–०२–००१ त ०६७० नम्बरको ट्रायक्टरमा जोडी ल्याई रहेको अवस्थामा प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।
गस्ती टोलीलाई देखि ट्रायक्टर चालक भागी भारत तर्फ फरार भएको छ भने सैफ्टी टैँक र ट्रयाक्टरलाई भन्सार छली गरेको भन्दै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…