धनुषामा एकल महिलालाई हेल्प मधेसीको ३५ हजार सहयोग
न्यूज ब्यूरो || जनकपुरधाम, ४ बैशाख । साउदी कतारमा समस्यामा परेका मधेशीहरुलाई सहयोग गर्दै आएको सहयोगी संस्था हेल्प मधेशले धनुषाको एक विपन्न परिवारलाई सोमबार आर्थिक सहयोग गरेको छ । संस्थाले धनुषाको विदेह नगरपालिका वार्ड नं ६ इकराही टोलकी एकल महिला शिवसती देवी मंडललाई ३५ हजार १ सय पचास रुपैया सहयोग गरे

२०७५ बैशाख ४ मंगलबार, बिहान ११:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ४ बैशाख । साउदी कतारमा समस्यामा परेका मधेशीहरुलाई सहयोग गर्दै आएको सहयोगी संस्था हेल्प मधेशले धनुषाको एक विपन्न परिवारलाई सोमबार आर्थिक सहयोग गरेको छ ।

संस्थाले धनुषाको विदेह नगरपालिका वार्ड नं ६ इकराही टोलकी एकल महिला शिवसती देवी मंडललाई ३५ हजार १ सय पचास रुपैया सहयोग गरेको छ । 
छोरीको विवाहका लागि आर्थिक सहयोगको लागि आग्रह गरेपछि हेल्प मधेश संस्थाले सहयोग गरेको हो । सहयोगले एकल महिलाको छोरीको विवाह तोकिएको समयमा हुने संस्थाका केन्द्रिय उपप्रमुख कमलदेव साहले बताए ।
विदेह नगरपालिकाका वडा अध्यक्ष जयराम मंडलको अगुवाईमा सो रकम हस्तान्तरण गरिएको हो ।
संस्थाका उपप्रमुख साहका अनुसार यो संस्था विशुद्धरुपमा विदेशमा कार्यरत समस्यामा परेका मधेशीहरुको सहयोगका लागि संस्थाको स्थापना भएपनि नेपालमा अति समस्यामा परेका मधेशी समुदायलाई पनि सहयोग गर्ने आशय लिएको यस संस्थामा केहि दिन पहिला छोरीको विवाहका लागि सहयोगको निवेदन आएको थियो र विवाहकै समय पारेर रकम सहयोग गरिएको उनले वताए ।
नेपालमा पनि दर्ताको प्रक्रियामा रहेको हेल्प मधेशले आर्थिक सहयोग वितरण कार्यक्रममा स्थानियहरु रामदेव मंडल,उमेश मंडल,पलट मंडल,श्रीनारायण मंडल, छवी नारायण मंडल लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…