परीक्षाको कापी नै जाँच नगरी मार्क दिएपछि...
वडा नम्बर ९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय,बकुलियाका शिक्षकहरुले कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका चेक जाँचनै नगरी अंक दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

२०७९ भदौ २८ मंगलबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा शिक्षाको अवस्था कुन लेभलमा रहेको छ भनेर बाराको एक घटनाले प्रष्टयाएको छ ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका विद्यालयहरु लथ्यालिङ्ग अवस्थामा रहेको देखिएको छ ।
शिक्षकहरुले विभिन्न परीक्षा पुस्तिका जाँचनै नगरी अंक दिएको पाइएको छ । उपमहानगरपालिकाले गरेको छड्के अनुगमनमा शिक्षकहरुले विद्यार्थीको उत्तर पुस्तिका जाँचनै नगरेर नम्बर दिएको पाइएको शिक्षा महाशाखाका अधिकृत हरिष भट्टले जानकारी दिए ।
नगर प्रमुख राजन पौडेलको नेतृत्वमा गरिएको सामुदायिक विद्यालयहरुको अनुगमनमा यस्तो पाइएको हो ।
वडा नम्बर ९ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपरा र वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय,बकुलियाका शिक्षकहरुले कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका चेक जाँचनै नगरी अंक दिइएको उपमहानगरपालिकाले जनाएको छ ।
छातापिपरा विद्यालयमा उत्तर पुस्तिका जाँचनै नगरी शिक्षकहरुले विभिन्न विषयको उत्तरपुस्तिका दराजमा राखेको भेटिएको छ ।
त्यस्तै,नमुना माध्यमिक विद्यालय, बकुलियाका शिक्षकहरुले उत्तर पुस्तिका कवाडिलाई विक्री गरेको पाइएको छ ।
उनीहरुले कवाडीसँग अनावश्यक समानहरु विक्री गर्ने क्रममा उत्तर पुस्तिका पनि गल्तीबस विक्री भएको बताएका छन् ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाले ती विद्यालयका प्रधानाध्यापक सहित शिक्षकहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
अनुगमनको क्रममा वडा नं।८ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय गमरग्वाहाको मूल गेटमा ताल्चा लागेको पाइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…