महन्थ ठाकुरलाई आईसियूबाट क्याबिनमा शिफ्ट
न्यूज ब्यूरो || जनकपुरधाम, ४ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका सँयोजक महन्थ ठाकुरलाई आईसियूबाट क्याबिनमा शिफ्ट गरिएको छ । ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि भारत स्थित मेदान्ता अस्पतालमा सघन उपचार कक्षमा राखिएको थियो । उनी संगै रहेकी राजपा नेतृ चन्दा चोधर

२०७५ बैशाख ४ मंगलबार, बिहान ११:०१ बजे१ मिनेट पढाइ


न्यूज ब्यूरो ||
जनकपुरधाम, ४ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका सँयोजक महन्थ ठाकुरलाई आईसियूबाट क्याबिनमा शिफ्ट गरिएको छ ।
ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि भारत स्थित मेदान्ता अस्पतालमा सघन उपचार कक्षमा राखिएको थियो ।
उनी संगै रहेकी राजपा नेतृ चन्दा चोधरीले पनि उनको स्वास्थ्यमा निकै सुधार आएपछि आईसियूबाट क्याबिनमा शिफ्ट गरिएको बताइन् ।
उपचारमा लागेका डा. कस्लीवाल सहित ४ जना डाक्टरहरुको समुहले समेत ठाकुरको स्वास्थ्यमा निकै सुधार आएको बताएका छन् ।
भारतको गुड्गाँउ स्थित रहेको अस्पतालका डा. आरआर कस्लीवालका अनुसार उनको स्वास्थ्य स्थितीमा सुधार आएपछि उनलाई आज बिहानबाट क्याबिनमा सिप्ट गरिएको छ ।
उनले बताए अनुसार आईसियूमा भर्ना गरि उनको उपचार हुँदै आएको थियो ।
गत चैत्त २७ गतेदेखि अस्पताल भर्ना भएका सँयोजक ठाकुरको स्वास्थ्य अवस्था निकै सामान्य बनेपछि आजै बिहानदेखि सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…