दिदिबहिनीलाई बेहोस बनाएर बलात्कार गर्ने साहलाई १२ बर्षको जेल
राजनीतिक संरक्षणमा अदालतले डिएनए परीक्षणको लागि मुद्दा अल्झाएर राखेको थियो । पछि अर्कै प्रमाणको अधारमा अदालतले फैसला सुनाएको हो ।

२०७९ भदौ २८ मंगलबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको महेन्द्रनगरस्थित दुई दिदिबहिनीलाई बेहोस बनाएर बलात्कार गरेको आरोपमा अदालतले एक युवकलाई जेल सजाय सुनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर बस्ने नाबालिग दिदी बहिनीलाई बेहोस बनाई बालात्कार गर्ने राजकुमार साहलाई जिल्ला अदालत धनुषाले १२ वर्ष जेल सजाय र पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो ।
सोमबार जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सुवेदीको एकल इजलाशले सो फैसला सुनाएको हो ।
एक साता अघि न्यायाधीश सुवेदीकै इजलासले कसुर ठहर भएको फैसला सुनाएको थियो ।
क्षीरेश्वरनाथ नगरपालिका –५ का साहले ०७६ बैशाख १५ गते दिउसो दिदी बहिनीलाई बेहोस बनाई बालात्कार गरेका थिए ।
बेहोस दुबै जनालाई बनाए पनि साहले जेठीलाई बलात्कार गरेका थिए । ०७६ जेठ ८ मा जिल्ला अदालतमा यी मुद्दा दर्ता भएको थियो ।
साढे तीन वर्ष समय लागेर फैसला भएको यी मुद्दामा ३१ वटा पेशी चढेपछि मुद्दा किनारा लागेको छ ।
राजनीतिक संरक्षणमा अदालतले डिएनए परीक्षणको लागि मुद्दा अल्झाएर राखेको थियो । पछि अर्कै प्रमाणको अधारमा अदालतले फैसला सुनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…