TMNC द्धारा मृगौला पिडितलाई १ लाख ५१ हजार रुपैयाँ सहयोग
न्यूज ब्यूरो || जनकपुरधाम, ३ बैशाख । तराई मधेश परिषद का सदस्यहरुद्धारा एक मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको छ । काठमान्डौँको गंगबु स्थित बुलन्द सिधी अस्पतालमा उपचार गराई रहेका जय नारायण चौधरीलाई सहयोग स्वरुप १ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन । पर्सा जिल्ला जिरा भवानी गाउँ पालिका वार्ड न।

२०७५ बैशाख ३ सोमबार, दिउँसो १:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ बैशाख । तराई मधेश परिषद का सदस्यहरुद्धारा एक मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको छ ।
काठमान्डौँको गंगबु स्थित बुलन्द सिधी अस्पतालमा उपचार गराई रहेका जय नारायण चौधरीलाई सहयोग स्वरुप १ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन ।
पर्सा जिल्ला जिरा भवानी गाउँ पालिका वार्ड न। २ सेढवाका ५२ वर्षीय भागरुम चौधरी थारुको २२ वर्षीय कान्छो छोरा जय नारायण चौधरी करिव एक वर्ष पहिला विरामी परेका थिए ।
सुरुमा उपचार बिरगंज स्थित एक अस्पतालमा गराउंदा दुवै किड्नी फेलको जानकारी साथ थप उपचारको लागि काठमाडौँ रेफर गरिएको थियो ।
प्रथम पटक काठमाडौँको टिचिंग अस्पतालमा १७ दिन उपचार गरिएपछि स्वम्भुको मनमोहन मेमोरिअल अस्पतालमा करिव ३ महिना डायलिसिस समेत गरी कान्तिपुर डेन्टल अस्पताल, बसुन्धरामा रेफर गरिएको थियो ।
कान्तिपुर अस्पतालमा करिव ६ महिना डायलिसिस गरिए पश्चात गंगबु स्थित बुलन्द सिधी अस्पतालमा रेफर गरियो र हालसम्म त्यहि उपचार भईरहेको छ ।
जय नारायणको दुवै किड्नी काम गर्न छोडे पछि, उनलाई बचाउन किडनी प्रत्यारोपणबाट बचाउन मात्र विकल्प बाँकी रहेको हुनाले उनका ५० वर्षीय आमा सठिया देवी थरुनी आफ्नो एउटा किड्नी छोरालाई दिन तयार रहेको र आउँदा २ महिना पश्चात किडनी प्रत्यारोपण गरिने जानकारी पिडित परिवारले दिएका छन् ।
जय नारायणका परिवार सुकुम्बासी रहेका र सम्पतिका नाममा एक अन्ना जमिन पनि रहेको छैन ।
अहिले सम्मको अस्पताल खर्च जसो(तसो आफन्त र समाजको सहयोगबाट जोडी धाईरहेको अवस्थामा वीरगंजका सक्रिय समाजसेवी र परिषद्का सदस्य प्रकाश थारुले पहल गरेर विभिन्न सहयोगी हात र संघसंस्था बाट सहयोगार्थ प्राप्त डेढ लाख रुपैयाँ सहयोग राशी बिरगंजबाट काठमाडौँ अस्पताल सम्म पुगेर हस्तान्तरण गरेका हुन् ।
सहयोग राशी तराई मधेश राष्ट्रिय परिषद्का अन्य सदस्य सरोज राय, आनन्द गुप्ता र प्रमोद कुशवाहको साथ पिडितको तर्फबाट गाउँले प्रभु चौधरी, विजय गौरे, विरामीको बुवा, दाई र भिनाजुको रोहबरमा हस्तान्तरण गरिएको थियो ।
यसअिघ विहानै विर अस्पतालमा भर्ना बर्दियाका एक ब्रेन ट्युमर भएका विरामीलाई ४ पिन्ट रगत परिषद्का सदस्यहरुले दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…