'टिकटक बैन' गर्न जनकपुर र सिरहामा सिडिओ मार्फत प्रधानमन्त्रीलाई सँघर्ष समितिको ज्ञापन
टिकटकमा आवश्यक सुरक्षा, नियमन, कडा नियम नभएको कारणले छाडा भिडियो बनाउने, होच्याउने, गाली गर्ने, यौनजन्य क्रियाकलापहरु समेत भिडियो हालेर सार्वजनिक गर्न थालेपछि बालबालिकाहरुमा गम्भिर असर पर्दै गएपछि सँघर्ष समितिले टिकटक बैन गर्न ज्ञापन पत्र बुझाएको हो ।

२०७९ भदौ १३ सोमबार, राति ८:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरसहित अन्य ठाउँको धार्मिक स्थलहरुमा टिकटक प्रयोगकर्ताहरुले धर्मको उपहास गर्न थालेपछि टिकटक बन्द सँघर्ष समितिले धनुषा र सिरहामा ज्ञापन पत्र बुझाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी मार्फत प्रधानमन्त्रीलाई टिकटोक बैन गर्नको लागि ज्ञापन पत्र बुझाइएको हो ।
सोमबार टिकटक बन्द संघर्ष समिति धनुषा र सिरहाद्वारा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्लाई नेपालबाट टिकटक पुर्णरूपमा बन्द हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
टिकटकले देशको शिक्षा, स्वास्थ्य तथा आर्थिक र देशका कर्णाधार मानिने किशोर किशोरीहरु, बालबालिकाहरुले समेत टिकटको लत्तमा फँसेर भविष्य बिगार्ने तर्फ अग्रसर भएको भन्दै भारतजस्तै यो एपलाई नेपालमा पनि बैन गर्न आग्रह गरिएको हो ।
टिकटकले तराई मधेशको सँस्कृतिलाई ठाडो चुनौती दिदै तथा अर्थतन्त्रलाई समेत धारासाही बनाउन लागेको ठहरसहित ज्ञापन बुझाएको हो ।
टिकटकमा लाईभ बस्ने युवतिहरुलाई गिफ्ट पठाउन महिनाभरि कमाएको पैसाले गिफ्ट किनेर परिवारलाई भोकै राखी गिफ्ट दिने गर्दा कैयौँ मध्यम परिवार समेत गरिबीको रेखामुनी गएको छ ।
टिकटकमा लाईभ आउने युवतिहरुले गिफ्ट पाउनको लागि ईमो, भाईबर, मेसेन्जर, ह्वाटसएप मार्फत भिडियो कल गरी कपडा खोलेर गोप्य अँगहरु देखाउने प्रवृति बढदै गएको छ ।
यसले आत्महत्याको जालो समेत फराकिलो बनाउँदै गएको छ । सोही भिडियोले ब्लैकमेल हुने र पछि सहन नसकेर आत्महत्या गर्नेको सँख्या बढदै गएपछि टिकटकलाई बैन गर्न आग्रह गरिएको हो ।
टिकटकमा आवश्यक सुरक्षा, नियमन, कडा नियम नभएको कारणले छाडा भिडियो बनाउने, होच्याउने, गाली गर्ने, यौनजन्य क्रियाकलापहरु समेत भिडियो हालेर सार्वजनिक गर्न थालेपछि बालबालिकाहरुमा गम्भिर असर पर्दै गएपछि सँघर्ष समितिले टिकटक बैन गर्न ज्ञापन पत्र बुझाएको हो ।
टिकटक बन्द संघर्ष समिति सिरहाका सँयोजक राजेश यादव, सहसँयोजक शशिकान्त रजक तथा धनुषाबाट सँयोजक सुमन चौधरी र सहसँयोजक सँजय साहले सँयुक्त रुपमा दुवै जिल्लाका सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…