धार्मिक स्थलमा अश्लिल गीतमा टिकटक बनाउने थप एक टिकटोकियाको आईडी ब्लोक
समाजलाई अपच हुने खालको समाग्रीहरु बनाएर सार्वजनिक गर्न थालेपछि चौतर्फी रुपमा नेपालमा टिकटोक बैनको लागि आवाज उठन थालेको छ । टिकटकमा यौनधन्दा सम्म सँचालन भईरहेको पाईएको छ ।

२०७९ भदौ १३ सोमबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । टिकटक बैन सँषर्घ समितिले विभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत प्रशासनलाई ज्ञापन पत्र बुझाउने क्रम जारी राखेको छ भने थप एक जनाको आईडी ब्लोक भएको छ ।
टिकटकमा धार्मिक स्थलहरुमा गएर अश्लिल गीतहरुमा टिकटक बनाउने जनकपुरका एक टिकटोकियाको आईडी ब्लोक भएको छ । उनले हिन्दु धर्मावलम्बीहरुको आस्थामा चोट पुरयाउने गरी भिडियोहरु बनाउँदै आएका थिए ।
जनकपुर बस्ने लिमिटगोपी नामक आईडीबाट टिकटक चलाउने गोपी साहको आईडी ब्लोक भएको छ । टिकटकमा प्रयोगकर्ताहरुले उनको आईडीमा रिपोर्ट गरेपछि उनको आईडी ब्लोक गरेको हो ।
आईतबार मात्र महोत्तरीको जलेश्वर बस्ने दुई दिदीबहिनी सोनाली मण्डल र सोनम मण्डलको आईडी ब्लोक भएको हो । यद्यपी, उनीहरुले अर्को आईडी बनाएर पुनः टिकटकमा नाच्न थालेकी छन् ।
समाजलाई अपच हुने खालको समाग्रीहरु बनाएर सार्वजनिक गर्न थालेपछि चौतर्फी रुपमा नेपालमा टिकटोक बैनको लागि आवाज उठन थालेको छ । टिकटकमा यौनधन्दा सम्म सँचालन भईरहेको पाईएको छ ।
टिकटोकमा जनकपुर तर्फ धार्मिक क्षेत्रहरुको आस्थामाथि निभा यादव, प्रिती पासवान, समृद्धि झा लगायत दर्जनौ टिकटोकरहरुले प्रहार गरिरहेको पाईएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…