टिकटकमा नाच्ने यी दुवै दिदीबहिनीको टिकटक आईडी बैन, दुवै डिप्रेशनमा
टिकटकले गर्दा वर्तमान समाजलाई विकृतिको खाल्डोमा पुरयाइदिएको छ भने शिक्षाको स्तर दिनानुदिन न्यून हुँदै गएको छ । पहिला अध्ययन अध्ययापन गर्ने विद्यार्थीहरु अहिले पढाई लेखाई छाडेर मात्र टिकटकमा दिनरात लागिरहेको देखिएको छ ।

२०७९ भदौ १२ आइतबार, बेलुकी ५:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । टिकटकमा नाच्दै आएकी जलेश्वरकी दुई दिदी बहिनीको टिकटक आईडी बैन गरिदिएको छ ।
नेपालमा टिकटक बैन सँघर्ष समितिले केही दिन अगाडी महोत्तरीको सिडिओ र एसपीलाई टिकटक बैनको लागि ज्ञापन पत्र बुझाएको थियो ।
टिकटकमा अश्लिल गीतहरुमा नाच्दै वर्तमान समाजलाई अपच हुने खालको कामुक कुराहरु गरेर भिडियो बनाउने दुवै दिदीबहिनीको आईडी टिकटकले बन्द गरिदिएको छ ।
केटाहरुलाई लाईभमा बोलाउन “हमर फेफरा, हमर मुटु” जस्ता शब्दहरु भनेर कामुक कुराहरु गर्ने जलेश्वर बस्ने सोनाली मण्डल र सोनम मण्डललको आईडी टिकटकले बैन गरिदिएको हो ।
टिकटकमा केही पैसा कमाउनको लागि विदेश बस्ने युवकहरुसँग कामुक कुराहरु गरेर गिफ्ट लिने प्रवृति टिकटकमा देखिएको छ ।

टिकटकले गर्दा वर्तमान समाजलाई विकृतिको खाल्डोमा पुरयाइदिएको छ भने शिक्षाको स्तर दिनानुदिन न्यून हुँदै गएको छ । पहिला अध्ययन अध्ययापन गर्ने विद्यार्थीहरु अहिले पढाई लेखाई छाडेर मात्र टिकटकमा दिनरात लागिरहेको देखिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…