आत्महत्याको जालो बन्दै TikTok , शिघ्र बन्द गर 

२०७९ भदौ ९ बिहीबार
बिहान १०:४८ बजे
काशिन्द्र कुमार शर्मा
यो तस्विर भारतमा टिकटक बैन हुनु अगाडीको हो, जहाँ टिकटको लत्तपछि लोग्नेले झपारेपछि लाईमै विष खाएको थियो ।

समाजिक सँजालको सदुपयोगले कैयौँ जनाको करियर बनेको छ । समाजिक सँजालको दुरुपयोगले त्यो भन्दा कैयौँ बढीको करियर बर्बाद भएको छ । 

समाजिक सँजालको सहि सदुपयोग नगरी दुरुपयोग गरिदाँ दर्जनौ व्यक्ति आत्महत्याको जालोमा फँस्दै गएको छ । दर्जनौ आत्महत्या गरिसकेको अवस्था छ । 

फेसबुक, ट्वीटर, ईनस्टाभन्दा भिडियो प्लेटफर्ममा आएको मनोरञ्जनात्मक डिजिटल चाईनिज एप “टिकटक” मा आत्महत्याको जालो बुनिदै छ । 

टिकटकमा भिजुअल ईफेक्ट र ब्याकग्राउण्ड म्यूजिक अटोमेटिक सिस्टम भएकोले चलाउन पनि सहज र अनपढले पनि चलाउन जान्ने भएपछि आत्महत्याको जालो बुनिँदै गएको छ । 

टिकटकको लाईभमा बसेर पैसा आउँदो रहेछ भन्ने उदेश्यले खास गरी युवतिहरु यसमा बढी सक्रिय भएको देखिन्छन् । उनीहरु लाईभमा आएर गिफ्ट पाउने लालसा गर्छिन् । जसको फलस्वरुप उनीहरुले नाकारात्मक गतिविधि गर्न पनि उक्सिरहेको देखिन्छन् । 

टिकटकमा लाईभमा मान्छे बोलाउन उनीहरुले नानाथरिका भर्चुअल सेक्सुअल प्रकारको भाव दिएको कुराहरु गरेर बोलाउने गरिन्छ , तर त्यसको पछाडी पनि नाँगो गतिविधिले अन्त्यमा आत्महत्याको बाटो रोज्नुपरेको उदाहरणहरु प्रत्यक्ष हेर्न मिल्छ । 

केही महिना अगाडी आफूलाई स्वघोषित टिकटक स्टार भन्ने मधु जयसवाल नामक युवतिले टिकटकमा भाईरल हुनको लागि गरेको गतिविधिको चौतर्फी आचोलना भएकै थियो । तर मात्र आलोचनासम्म अडकिएर उनले अन्त्यमा आत्महत्या नै गर्नुपरेको अवस्था आयो । हुनतः यो गलत हो । 

केही महिना अगाडी टिकटकमा एक केटासँग आफ्नो नाँगो अँग प्रदर्शन गर्दा भिडियो रेकर्डिँग गरी पुनः टिकटकमा हालिदिएपछि धनुषाको धनौजी गाउँपालिका भडरियाकी एक किशोरीले आत्महत्या रोजिन् । 

यस्तो कैयौँ उदाहरणहरु जिवन्त छन् । अहिले समाजिक सँजालमा भाईरल बनेको एक भिडियो जो धनुषाको सबैलाकी एक बुहारीको रहेको छ । 

लाईभमा गिफ्ट पाउन बिदेश बसेका एक युवकसँग अश्लिल भिडियो च्याट गरेकी थिइन् । केटाले सोको स्क्रीन रेकर्डिँग गरी पुनः टिकटकमा हालिदिएपछि उनले टिकटकमै आएर आफू आत्महत्या गर्ने पनि बताएकी छन् । 

८ देखि १२ कक्षासम्म पढने अधिक किशोरी युवतिहरु अध्ययन अध्यापन छाडेर मात्र टिकटकको लत्तले पनि शहर पस्ने गरेको तथ्याँक छ । गाउँबाट अभिभावकलाई उल्लु बनाएर उनीहरु पढन जान्छु भन्दै शहर पसेर विभिन्न ठाउँमा मात्र टिकटक बनाउन भेटिन्छन् । यसले पढन चाहने छोरीलाई थप समस्या उत्पन्न भएको छ । 

लाईभ आएर केही गिफ्ट देला की भनेर त्यो भन्दा अघि युवाहरुसँग यौनाँग देखाउने, स्तन देखाउने जस्ता गतिविधिहरु टन्नै देखिन्छन् । सोही भिडियो च्याट भोलीको दिनमा उनले भनेको कुरा नमान्दा ब्लैकमेलिँग सुरु हुँदा आत्महत्याको बाटो रोज्न बाध्य भएको देखिन्छन् । 

यदि समयमै टिकटकलाई बैन गरिएन भने वा टिकटकमा त्यस्ता गतिविधि गर्न रोक लगाइन भने टिकटकबाट आत्महत्यको आँकडा उकालो लाग्दै जाने निश्चित छ । 

  • 1%
  • 1%
  • 0%
  • 0%
  • 3%
  • 1%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७९ भदौ ९ बिहीबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus