मधेस प्रदेशका मन्त्री बिरेन्द्र सिंह सर्लाही ४ बाट साँसदमा लडने
मन्त्री सिंहले छुवाछूत ,जातीपाती नहेरी सबै जाती, बर्ग ,समुदाय ,धनी गरिबलाई सम्मान गरी क्षेत्र न (४) लाई बिकसित बनाउन विभिन्न योजनाको शिलान्यास गर्न कम्मर कसेर लागेको पछि उहाँ सबैको नजरमा लोकप्रीय बन्नु भएको स्थानीय राम देव यादवले बताए ।

२०७९ भदौ ५ आइतबार, राति १०:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशका महिला बालबालिका तथा युवा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई सर्लाही क्षेत्र न(४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन दबाब बढेको छ।
पछिल्लो समय युवाहरु माझ निकै लोकप्रिय बनेका मन्त्री सिंहलाई सर्लाही क्षेत्र न(४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन चौतर्फी दबाब बढेको हो।
मधेस प्रदेशमा खेलकुद सामाग्री बितरन ,विभिन्न खेलकुद प्रतियोगिताको आयोजना ,खेलकुद मैदान,जिम हल निर्माण र सामाग्री बितरन ,महिला हिंसा र बालबिबाह न्यूनीकरणको लागि विभिन्न सामाजिक र सास्कृतिक कार्यक्रमको आयोजना गरि अतुलनीय भुमिका खेल्दै आउनु भएका मन्त्री सिंहले गृह जिल्ला सर्लाहीको क्षेत्र न (४) को तौतर्फी बिकासको लागि विभिन्न पुर्वाधार निर्माण गराई बिकास समृद्धिको लागि गम्भीरताले लागि परेपछि स्थानीय उत्साहित भएर मन्त्री सिंहलाई उम्मेदवारी दिन दबाब दिन थालेका हुन् ।
मन्त्री सिंहले छुवाछूत ,जातीपाती नहेरी सबै जाती, बर्ग ,समुदाय ,धनी गरिबलाई सम्मान गरी क्षेत्र न (४) लाई बिकसित बनाउन विभिन्न योजनाको शिलान्यास गर्न कम्मर कसेर लागेको पछि उहाँ सबैको नजरमा लोकप्रीय बन्नु भएको स्थानीय राम देव यादवले बताए ।
यो चर्चा चुलिए सगै हामिले उहाँको स्वकिय सचीव निकेश त्रिपाठी सग जानकारी लिदा पाटिले टिकट दिएको खण्डमा जनताको चाहाना र आवश्यकता लाई मध्य नजर गर्दै आगामि मङ्सिर ४ गते हुने निर्वाचनमा होमिनु हुन्छ तर पछाडी हटनु हुदैन जनताको भावनाको कदर गरेर अगाडि बढनु हुन्छ भनेर बताए ।
मन्त्री बिरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रतिनिधि हुन। वहाँ नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति समेत हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…