चर्चित कमेडियन राजु श्रीवास्तवालाई हर्ट अटैक
राजु श्रीवास्वत बलिवुड फिल्म जगतका चर्चित हस्ती हुन् । उनले दर्जनौ फिल्ममा काम गरेका छन् ।

२०७९ साउन २५ बुधबार, दिउँसो ३:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुड सिने जगतका चर्चित कमेडियन (हाँस्य कलाकार) राजु श्रीवास्तवालाई हर्ट अटैक (हृदयघात) भएको छ ।
अचानक स्वास्थ्य अवस्थामा खराबी आएपछि उनलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ती गरिएको छ । उनको परिवारजनले श्रीवास्तवलाई हृदयघात भएको पुष्टि गरेको छ ।
होटलको जीम सेन्टरमा कसरत (वर्कआउट) गरिरहेको बताइएको छ । सोही क्रममा ट्रेडमिलमा एक्सरसाईज गर्दै उनलाई छातीमा दुःखाईपछि भुँईमा लडेका थिए ।
त्यसपछि राजु श्रीवास्तवको तुरुन्तै अस्पताल लगिएको हो । राजुको पिआरओ अजीतका अनुसार, हाँस्य कलाकार केही पार्टीको ठुला नेतासँग भेटघाटपछि दिल्लीमै बसेका थिए ।
विहान जीम गर्न गएका राजुलाई हृदयघात भएको अजितले जनाएका छन् । उनले भने राजु श्रीवास्तको पल्स फिर्ता आईसकेको छ । उनको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ । उनको पिआरओले उनको प्रशँसकहरुसँग भगवानसँग प्रार्थना गर्न आग्रह गरेका हुन् ।
हाँस्य कलाकारको लागि आएको यस्तो खवरपछि उनका फ्यानहरुमा परेशानी छाएको छ । राजु श्रीवास्तवको स्वास्थ्य अवस्थामा सुधारको लागि फ्यानहरु प्रार्थना जारी राखेका छन् । श्रीवास्वत उत्तर प्रदेश फिल्मस विकास परिषदका चेयरमेन समेत हुन् ।
राजु श्रीवास्वत बलिवुड फिल्म जगतका चर्चित हस्ती हुन् । उनले दर्जनौ फिल्ममा काम गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…