धनुषाधाम धर्मभूमिको संरक्षणको लागि सशस्त्र प्रहरी प्रतिवद्ध छः डिआईजी मगर 

२०७९ श्रावण २१ शनिबार
बेलुकी ७:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरले धनुषाधामलाई धर्मभूमि भन्दै यसको संरक्षणको लागि सशस्त्र प्रहरी प्रतिवद्ध रहेको बताएका छन् । 

धनुषसागर तथा धनुषमन्दिर सौन्दर्यीकरण महाअभियानमा शनिबार सहभागीता जनाउँदै डिआईजी मगरले धनुषाधाम ऐतिहासिक भूमिको रुपमा रहेको बताउँदै यस्ता धरोहरको संरक्षण सुरक्षाकर्मी मूल जिम्मेवारीमा आउनुपर्ने बताए । 

समुदायिक कार्यको लागि सशस्त्र प्रहरीको भूमिका सदैव अपरिहार्य रहेको बताउँदै डिआईजी मगरले आस्थाको केन्द्रलाई सबैले मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए । 

उनले अभियानीहरुको कार्यप्रति प्रशँसा जाहेर गर्दै धनुषाधाम धार्मिक स्थलमा आएर मनमा शान्तिको अनुभूति भएको सुनाए । सौन्दर्यीकरणको लागि उनले शनिबार आफ्नो टिमसँग मिलेर सरसफाईमा समेत सरिक भएका थिए । 

यस्तै, धनुषाधामको धारापानीस्थित रहेको श्री नं १ राजदल गण प्रमुख सेनानी समीर बहादुर मल्लको विशेष उपस्थितिले अभियानलाई चारचाँद लागेको महसुस गरिएको थियो । 

अभियानको सुरुवातदेखि नै संरक्षण, सम्वद्र्धन, सरसफाई सम्बन्धी सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका सेनानी मल्लले शनिबार सरसफाईमा हातोमालो गर्दै अभियान सफलताको सुत्रहरुको बारेमा अभियन्ता बिनय कुमार यादवलाई सुझाव दिएका थिए । 

सो क्रममा धनुषाधाम नगरपालिकाकी उपमेयर बिध्या देवि भुजेलले अभियानको प्रारम्भदेखि अहिलेसम्म अभियानीहरु अथक प्रयासको प्रशँसा गरिन् । उनले अभियान सफलताको नजिक रहेको बताइन् । 

शनिबार सो अभियानमा धनुषाधाम मन्दिर, पोखरी अभियानका अभियानीहरु, सशस्त्र प्रहरीको टिम, सेनाको टिम, स्थानीय व्यापारीहरुको सहभागीता रहेको थियो । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७९ श्रावण २१ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus