धनुषाधाम धर्मभूमिको संरक्षणको लागि सशस्त्र प्रहरी प्रतिवद्ध छः डिआईजी मगर
अभियानको सुरुवातदेखि नै संरक्षण, सम्वद्र्धन, सरसफाई सम्बन्धी सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका सेनानी मल्लले शनिबार सरसफाईमा हातोमालो गर्दै अभियान सफलताको सुत्रहरुको बारेमा अभियन्ता बिनय कुमार यादवलाई सुझाव दिएका थिए । सो क्रममा धनुषाधाम नगरपालिकाकी उपमेयर बिध्या देवि भुजे

२०७९ साउन २१ शनिबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरले धनुषाधामलाई धर्मभूमि भन्दै यसको संरक्षणको लागि सशस्त्र प्रहरी प्रतिवद्ध रहेको बताएका छन् ।
धनुषसागर तथा धनुषमन्दिर सौन्दर्यीकरण महाअभियानमा शनिबार सहभागीता जनाउँदै डिआईजी मगरले धनुषाधाम ऐतिहासिक भूमिको रुपमा रहेको बताउँदै यस्ता धरोहरको संरक्षण सुरक्षाकर्मी मूल जिम्मेवारीमा आउनुपर्ने बताए ।
समुदायिक कार्यको लागि सशस्त्र प्रहरीको भूमिका सदैव अपरिहार्य रहेको बताउँदै डिआईजी मगरले आस्थाको केन्द्रलाई सबैले मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले अभियानीहरुको कार्यप्रति प्रशँसा जाहेर गर्दै धनुषाधाम धार्मिक स्थलमा आएर मनमा शान्तिको अनुभूति भएको सुनाए । सौन्दर्यीकरणको लागि उनले शनिबार आफ्नो टिमसँग मिलेर सरसफाईमा समेत सरिक भएका थिए ।
यस्तै, धनुषाधामको धारापानीस्थित रहेको श्री नं १ राजदल गण प्रमुख सेनानी समीर बहादुर मल्लको विशेष उपस्थितिले अभियानलाई चारचाँद लागेको महसुस गरिएको थियो ।
अभियानको सुरुवातदेखि नै संरक्षण, सम्वद्र्धन, सरसफाई सम्बन्धी सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका सेनानी मल्लले शनिबार सरसफाईमा हातोमालो गर्दै अभियान सफलताको सुत्रहरुको बारेमा अभियन्ता बिनय कुमार यादवलाई सुझाव दिएका थिए ।

सो क्रममा धनुषाधाम नगरपालिकाकी उपमेयर बिध्या देवि भुजेलले अभियानको प्रारम्भदेखि अहिलेसम्म अभियानीहरु अथक प्रयासको प्रशँसा गरिन् । उनले अभियान सफलताको नजिक रहेको बताइन् ।
शनिबार सो अभियानमा धनुषाधाम मन्दिर, पोखरी अभियानका अभियानीहरु, सशस्त्र प्रहरीको टिम, सेनाको टिम, स्थानीय व्यापारीहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…