भारततर्फ लैजाँदै गरेको १४ लाख मूल्य बराबरको बालुवासहित ट्रयाक्टर पक्राउ
नदीजन्य पदार्थ उत्खनन गरी यहाँबाट तस्करहरुले भारतर्फ बालुवा गिट्टी पैठारी गरिरहेको जनगुनासो बढेपछि प्रहरीले थप निगरानी थालेको छ । यस्ता वस्तुहरु भारत पैठारी गर्दा भन्सार बुझाउनुपर्ने प्रावधान छ ।

२०७९ साउन २१ शनिबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालबाट भारततर्फ लैजाँदै गरेको बालुवा लोड गरिएको ट्रयाक्टर पक्राउ गरिएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको प्रहरीको गस्ती टोलीले धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ महिनाथपुरस्थितबाट लोड गरिएको बालुवा नियन्त्रणमा लिएको छ ।
नेपालबाट चोरी निकासी गरी नदीजन्य वस्तुको ओसारपोसार गरिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको टोलीले ज १ त ८९७९ नम्बरको ट्रयाक्टरमा लोड गरिएको बालुवा नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) निरञ्जन घिमिरेका अनुसार, चोरी निकासी गरी बिना भन्सारको भारततर्फ पैठारी गरिरहेको अवस्थामा दशगजाबाट नै नियन्त्रणमा लिएको हो ।
प्रहरीको गस्ती टोली पुगेपछि ट्राक्टर चालकले ट्राक्टर छाडेर फरार भएका छन् भने बालुवासहित ट्रयाक्टर नियन्त्रणमा लिएर भन्सारमा पठाएको हो । ट्रयाक्टरसहित बालुवाको मूल्य करिब १४ लाख निर्धारण गरि भन्सार कार्यालयमा बुझाइएको हो ।
नदीजन्य पदार्थ उत्खनन गरी यहाँबाट तस्करहरुले भारतर्फ बालुवा गिट्टी पैठारी गरिरहेको जनगुनासो बढेपछि प्रहरीले थप निगरानी थालेको छ । यस्ता वस्तुहरु भारत पैठारी गर्दा भन्सार बुझाउनुपर्ने प्रावधान छ ।
खुल्ला बोर्डरको कारण तस्करहरुले प्रहरीलाई समेत चुनौती दिएको छ । सो ट्रयाक्टर तिनकौरियास्थित एक व्यापारीको रहेको खुलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…