मधेशका अश्लिल गायकहरुलाई गायक एवम् सँचारकर्मी आदित्य अजयले दिए चेतावनी
मैथिली भाषालाई तल्लोस्तर देखाउ सब भन्दा बढि हात मैथिली क्षेत्रमा रहेको कलाकारहरुको रहेको भन्दै गायक आदित्यले केही भ्यूज बढाउनका लागि र केही डलरको लागि हिन्दु धर्म मात्र नभई सिँगो हिन्दुत्वलाई बदनाम गर्ने गरेको बताएका छन् ।

२०७९ साउन २० शुक्रबार, राति १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । मैथिली भाषालाई गन्दा पार्दै अश्लिल भाषाको गीतहरु गाउन थालेपछि गायकहरुले नै गायकको विरोधमा उत्रन थालेको छ ।
न्यूज ब्यूरोले चलाएको अश्लिल गीत र गायनविरुद्धको अभियानलाई सघाउँदै गायक एवम् सँचारकर्मी समेत रहेका आदिज्य अजयले छाडा गाउने गायकहरुलाई चेतावनी दिएका छन् ।
विहिबार उनले फेसबुक लाईभ मार्फत मैथिली गीत संगीतमा अशलीलता फैलाउने गायक , कलाकारहरु लाई चेतावनी दिएका हुन्

दिनानुदिन मैथिली भाषामा बढीरहेको अशलिलताको कारण गाउँ समाजमा नराम्रो असर परीरहेको ठहर गर्दै आफू समेत गायक रहेका आदित्य अजयले मधेशकी चेलीबेटि माथी नराम्रो गीत गाउने , हिन्दु धर्म संस्कृती माथी नराम्रो गीत गाउने कलाकारहरु को गीत बायकट्ट गर्नुपर्ने भन्दै सम्बन्धित निकायमा उजुरी समेत हालेका छन् ।
प्यारोडि र अशलील गीत संगीतको कारण संगीत सिखेका गायकहरुलाई संगीत क्षेत्रमा मिहिनेत गरेको कलाकारहरुलाई संगीतिक क्षेत्र छोडन बाध्यता भएको उनको दाबी छ ।

मैथिली भाषालाई तल्लोस्तर देखाउ सब भन्दा बढि हात मैथिली क्षेत्रमा रहेको कलाकारहरुको रहेको भन्दै गायक आदित्यले केही भ्यूज बढाउनका लागि र केही डलरको लागि हिन्दु धर्म मात्र नभई सिँगो हिन्दुत्वलाई बदनाम गर्ने गरेको बताएका छन् ।
उनले गीत मार्फत हिन्दु देवी देवताहरुलाई अपमान गर्ने, मधेशकी चेलीबेटीहरुलाई छाडा शब्द बोल्ने अश्लिल गायकहरुमाथि प्रतिबन्धसहित कारवाहीको माग समेत गरेका छन् ।

मिथिला मधेश क्षेत्रमा सिरहाका ज्ञानु यादव, अनिल यादव, पनव मुखिया (पुरवैया), सन्नु कुमार खँग, धर्मेन्द्र निर्मलिया, महिलामा सुमन सोना अभद्र गायकको सूचीमा पर्दछन् । उनीहरुले सँस्कार, सँस्कृतिलाई ओभरटेक गरी परिवारसँग सुन्ने एउटा नै गीत गाएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…