काँग्रेसमा विद्रोह गरी जीतेका जनकपुरधामका मेयर साह पुनः काँग्रेसमै फर्कदै 

२०७९ श्रावण २० शुक्रबार
दिउसो १:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह नेपाली काँग्रेसमा विधिवत फर्कन लागेका छन् । 

स्थानीय तह चुनाव २०७९  मा नेपाली काँग्रेसले टिकट नदिएपछि काँग्रेससँग विद्रोह गरी मेयर जीतेका साहले शुक्रबार पुनः काँग्रेसमै फर्कन लागेको वातावरण तयार हुन लागेको छ । 

बिहीबार बसेको नगर समितिको बैठकलले मेयर साहलाई पार्टीमा रिटर्न गर्ने गरी वातावरण मिलाउन लागिएको हो । मेयर साह पनि काँग्रेसमै यू–टर्न गर्न सहमत देखिएका छन् । 

नेपाली काँग्रेस जनकपुरधामका नगर उपसभापति राकेश विक्रम साहको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। मेयर साह पुनः पार्टीमै फर्किने मनस्थितिमा रहेकाले यसको लागि नगर समितिले वातावरण बनाएको हो। 

गत स्थानीय चुनावअघि मेयर साह जनकपुरधाम उपमहानगरकै नगर सभापति थिए। 

पाँँचदलीय  गठबन्धनको भागबण्डामा जनकपुरको मेयर पद जनता समाजवादीको भागमा परेपछि साहले नगर सभापतिबाट राजीनामा दिँदै पार्टी परित्याग गरेका थिए। 

स्वतन्त्रबाट मेयरमा चुनाव जितेका उनले कांग्रेसको ब्यानरमा विजय जुलुस समेत गरेका थिए। 

मेयर साहले १२५ सदस्य नगर समितिबाट १२० जना सहभागी बैठकबाट आफूलाई पुनः पार्टीमा फर्किन र पद ग्रहण गर्न गरेको निर्णयलाई स्वागत गरेको बताए। 

‘म नगर समितिको बैठकको यो निर्णयको स्वागत गर्छु, अब जिल्ला र केन्द्रीय कार्यसमितिको प्रतिवद्धता आउन बाँकी छ,’ उनले भने, ‘म पनि लामो समय सोही संस्थामा संगै काम गरेको छु। अब पार्टीले सम्मान गरे म पनि गर्छु।’

सो नगर कार्यसमितिको बैठकमा मेयर साहलाई बोलाएर सम्मान समेत गरिएको छ। अगामी प्रदेश र संघीय निर्वाचनको तयारीका लागि मेयर साहको भूमिका महत्वपूर्ण भएकाले उनलाई पुनः पार्टीमा यु टर्न गर्न लागिएको बताइएको छ। 

धनुषाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ मा काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि लड्ने तयारी छ। गत स्थानीय चुनावमा पाँच दलीय गठबन्धन भएपनि आन्तरिक रुपमा नेता निधिले साहलाई सघाएका थिए।

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७९ श्रावण २० शुक्रबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus