Close This

धनुषाः यदुकूहाको यी होटलमा नाबालिगसँग बलात्कार आरोपमा प्रहरीमा उजुरी

२०७९ श्रावण २० शुक्रबार
दिउसो १२:५७ बजे
न्यूज ब्यूरो, डेस्क
File Photo From Facebook

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेका छन् । 

शहिदनगर नगरपालिका वडा नम्ब ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिन पुगेका हुन् । 

गएराती करिब १ बजेको समयमा नाबालिकलाई घरबाट उठाएर होटलमा लगी बलात्कार गरेको परिवारजनलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय यदुकूहाले उजुरी दिन परिवारजन आएको जनाएको छ । 

एक १४ बर्षिय नाबालिकसँग २२ बर्षिय युवकले सो होटलमा लगेर बलात्कार गरेको आरोप छ । यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी ईन्सपेक्टर हरिविष्णु ढकालका अनुसार, बालिका पक्षले उजुरी लिएर ईलाका प्रहरीमा आएपछि घटनास्थलको मुचुल्का गरेको बताए । उनले कागज मिलान कार्य जारी रहेको बताउँदै पीडित भनिएकी नाबालिकको स्वास्थ्य परीक्षणको लागि जनकपुरधाम पठाउने तयारी गरेको बताए । 

त्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएका छन् । 

 आरोपित युवक रातीदेखि नै फरार रहेको जनाइएको छ भने उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । यस घटनाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।


  • 0%
  • 0%
  • 0%
  • 10%
  • 4%
  • 45%

न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल

पूरा पढ्नुहोस्

Bureau Menus