तेस्रो दर्जाका गायकहरु विरुद्ध चलचित्र बोर्डमा सँचारकर्मी यादवले दिए उजुरी 

२०७९ श्रावण १८ बुधबार
रति १०:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा मैथिली भाषा र सँस्कृतिलाई दिनहुँ बलात्कार गर्ने तेस्रो दर्जाका गायक तथा गीतहरु नियन्त्रणको लागि चलचित्र विकास बोर्डलाई गुहारिएको छ । 

सँचारकर्मी समेत रहेका सप्तरी राजविराज निवासी विद्यानन्द यादव (बेदर्दी) ले प्रदेशको चलचित्र विकास बोर्डलाई छाडा गीत र गायकमाथि प्रतिबन्ध लगाउन भन्दै उजुरी गरेका छन् । 

यादवले मधेश चलचित्र विकास बोर्डलाई उजुरी गर्दै समयमा यस्ता गायक, गीतलाई नियन्त्रण नगरिए अवस्था भयावह हुने बताएका छन् ।  

“चलचित्र र सङ्गीतको संरक्षण–संवर्धनको लागि विनियोजित बजेटको जन(स्तरमा कतिको सदुपयोग भई रहेको छ त ? सित्तैमा भत्ता खाने कार्य त भई रहेको त छैनन् नि ? नेपालकै चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरबैताकै अध्यक्षतामा मधेश चलचित्र विकास बोर्ड गठन भएको हो। जब मरबैताकै कार्यकालमा यो दूषकार्य नियन्त्रण भएन भने विशाल रूप लिने निश्चय नै छ।”– उनले लेखेका छन् । 

तेस्रो दर्जाका गायकलाई कार्यवाही गरेर वा नियन्त्रणमा लिएर मैथिलीको प्रतिष्ठान जोगाउन आग्रह गरेका छन् । उनले ती तेस्रो दर्जाका गायकहरुले मैथिली भाषा मात्र नभएर यहाँका बेटीहरुलाई अप्रत्यक्ष रुपमा गीत मार्फत बलात्कार गर्ने गरेको बताएका छन् । 

सँचारकर्मी यादवले मधेश प्रदेशका मुख्य मन्त्री लाल बाबू राउतलाई ध्यानाकर्षण पत्र दिने र सबै सामाजिक अभियन्ताहरूले सहयोग गरे यसको लागि कानुनी रूपमा पनि जाने बताएका छन्।

साहित्य, सङ्गीत, संचार र राजनीति क्षेत्रको प्रखर युवा गीतकार, साहित्यकार , संचारकर्मी एवं विद्यार्थी नेता समेत रहेका उनले सामाजिक संजाल फेसबुकमा लेखेका स्टाट्स लेख्दै कारवाहीको माग गरेका छन् । 

“मधेशकी बेटीहरू लाई तेस्रो दर्जाको गायकद्वारा गीतले र गीतमा नै बारम्बार बलात्कार कहिले सम्म ? यसका नियन्त्रणका लागि मधेश सरकार र मधेश चलचित्र विकास बोर्डको कुनै भूमिका छैन रु साङ्गीतिक दृष्टिकोणले पावन मिथिलालाई अब अश्लील मधेश भन्न मिल्छ ? मुद्दा हालेरै त्यस्तालाई नियन्त्रण गर्न सकिन्छ भने हामी मधेशका संवेदनशील युवा र सामाजिक कार्यकर्ताहरू तैयार छौँ ।”– उनले फेसबुकमा स्टेटस लेखेका छन् । 

विगत पाँच वर्ष देखि अश्लील गीत निर्माण र बजाउने कार्यमा प्रतिबन्ध र बहिष्कार अभियानमा लागेका यादवले सङ्गीत र सिने क्षेत्रमा यूट्यूब मार्फत यी अश्लील र दुई अर्थी गीत निर्माण जस्ता घृणित कार्यहरू मैथिली क्षेत्रमा ठ्याक्कै ३ वर्ष देखि भई रहेको छ तर अहिले भयावह रूप लिई सकेको अवस्था दर्साए ।

उनले भोजपुरी भन्दा पनि अश्लिल र गन्दा शब्दहरु उतेजित भावको गीतहरुले यहाँको सँस्कृति र सँस्कारलाई ध्वस्त पारिदिएको पनि बताएका छन् । यसप्रति चनाखो भएर लाग्न सरोकारबाला निकायलाई ध्यानाकर्षण गराएका छन् । 

  • 4%
  • 0%
  • 0%
  • 1%
  • 1%
  • 3%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७९ श्रावण १८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus

} }