Close This

कार्यालयभित्रै कुर्शीमा हाकिमको TikTok मस्ती

२०७९ श्रावण १७ मंगलबार
बेलुकी ५:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशस्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) ले कार्यालयभित्रै कुर्शीमा टिकटोक बनाउँदा चौतर्फी आलोचना भएको छ । 

मधेश प्रदेशस्थित रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको फोटो बाहिर आएको छ।

नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उनको श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेको पाईएको हो।

मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएको छ।

केही दिन अगाडि अधिकृत साहको श्रीमती रानी साहले उनको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएकी थिइन्।

नगरपालिकाको प्रतिष्ठा र आफ्नो मर्यादालाई खिल्ली उडाउँदै नि. प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो पदीय कुर्सीमा बसी श्रीमतीलाई काखमा राखि टिकटकमा मस्त बन्न थालेको फोटो बाहिर आएको छ।

साह करिब डेढ बर्ष देखि सो पदमा कार्यरत भएकाले उनले नगरपालिकालाई आफ्नो घर बुझी आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको बुझिन्छ।

केही दिन अगाडि उनको श्रीमतीले पदीय कुर्सीमा बनाएको टिकटक भिडियोबाट सो फोटो बाहिर आएको छ। हाल यो भिडियो उनको श्रीमतीकी प्रोफाइलबाट डिलिट गरिएको हो । 

व्यक्तिगत जीवनमा रमाइलो गर्नु राम्रो हो तर जिम्मेवारी बहन गरिरहेको समय र सरकारी कार्य कक्षमा आफ्नै श्रीमतीसँग रमाए पनि खेद जनक रहेको भन्दै समाजिक सँजालमा आलोचना गरिएको छ । 

पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेका छन् ।

केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ।


  • 0%
  • 81%
  • 1%
  • 0%
  • 1%
  • 12%

भारततर्फ लैजाँदै गरेको १४ लाख मूल्य बराबरको बालुवासहित ट्रयाक्टर पक्राउ

  • २०७९ श्रावण १७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालबाट भारततर्फ लैजाँदै गरेको बालुवा लोड गरिएको ट्रयाक्टर पक्राउ गरिएको छ ।  ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको प्रहरीको गस्ती टोलीले धनुषाको विदेह नगरपालिका वडा नम्बर ४

पूरा पढ्नुहोस्

Bureau Menus