Close This

बोलबम जाँदै गरेको पिकअप भ्यानमा करेन्ट लाग्दा १० काँवरियाको मृत्यू, दर्जन बढी घाईते 

२०७९ श्रावण १६ सोमबार
दिउसो १२:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । श्रावण मेलामा बोलबम जाँदै गरेको एक काँवरिया बसमा बिजुलीको तार छुँदा १० जना काँवरियाको मृत्यू भएको छ । 

भारतमा मन्दिर गइरहेका व्यक्ति सवार भ्यानमा बिजुली सर्ट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । 

भारतको उत्तर बंगालस्थित कुचबिहार जिल्लाबाट जल चढाउनका लागि जलपाइगुडी जिल्लाको जल्पेश मन्दिर गइरहेका कावडि समूदायका मानिसहरु सवार भ्यानमा बिजुली सर्ट हुँदा ज्यान गएको जनाइएको छ। 

घटनामा १६ जना घाइते भएका छन्। घाइतेलाई जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ। 

प्रहरीले पिकअप भ्यानमा डीजे बजाउनका लागि जडान गरिएको जेनेरेटरमा बिजुली सर्ट हुँदा दुर्घटना भएको अनुमान गरेको जनाएको छ। 

भ्यानका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भ्यानमा २७ जना सवार थिए। 

भ्यानमा रहेका यात्रु बेहोस देखेपछि चालकले नै उनीहरुलाई अस्पताल लगेको जनाइएको छ। 


  • 1%
  • 0%
  • 1%
  • 2%
  • 91%
  • 4%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७९ श्रावण १६ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus