राजीनामा दिएको २५ दिनपछि पुनः मन्त्री बन्दै जनार्दन शर्मा
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो।

२०७९ साउन १५ आइतबार, बिहान ११:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।
पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्।
प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।
आर्थिक वर्ष २०७९्०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।
सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो।
समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…