जनकपुरको तीन वटा औषधी पसल सील
विभागले नियमित अनुगमन थाल्दा जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरि सञ्चालनमा रहेकाले व्यवसायीको भागाभाग भएको थिए भने अधिकांश फार्मेसीका सञ्चालक अनुगमन आउनुपूर्व नै पसल बन्द गरेर फरार भएका थिए ।

२०७९ साउन १४ शनिबार, बिहान ९:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित तीन वटा औषधी पसलमा सील लगाइएको छ ।
चर्को मूल्य लिने र मापदण्ड विपरीत सञ्चालित जनकपुरधाम स्थित तीन औषधि पसल सिल गरिएको हो ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पताल गेट अगाडि सञ्चालित औषधि पसलले मनोमानी ढंगले मूल्य लिएको पाइएपछि बुधबार औषधि व्यवस्था विभागले अनुगमनको क्रममा सील गरेको हो ।
विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले अस्पताल अगाडिको अर्थोपेडिक ट्रामा क्लिनिक भित्र सञ्चालित औषधि पसल सहित तीन पसलमा सील गरिएको जानकारी दिए ।
औषधि व्यवस्था विभागको वीरगञ्ज शाखा र स्थानीय प्रशासनको सहयोगमा गरिएको छड्के अनुगमनमा अधिकांश औषधि पसलले बिक्री वितरण गर्दा बिलको प्रयोग नगर्ने, वास्तविक मूल्यभन्दा चर्को मूल्य लिने, दर्ता नै नभई पसल संचालन, अर्काको नाममा इजाजतमा पसल सञ्चालन लगायतका फेला परेको उनले बताए ।
सो अनुगमन टोलीले एक दर्जनभन्दा बढी औषधि पसलमा छड्के गरेको छ । जनकपुरधाममा वर्षौंदेखि आधाभन्दा बढी औषधि पसल दर्ताबिना अवैध रुपले सञ्चालनमा रहेका छन् ।
विभागले बेला बखतमा अनुगमन गर्दा बिना दर्ताको औषधि पसल भेटाएपनि आजसम्म एउटालाई पनि कारबाही गरेको थिएन ।
पटक–पटक शिल गरिएकारनगरिएका सबैलाई भित्रभित्रै सेटिङ्गको आधारमा छोड्ने गरिएको कयौ उदाहरण छ ।
विभागले नियमित अनुगमन थाल्दा जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरि सञ्चालनमा रहेकाले व्यवसायीको भागाभाग भएको थिए भने अधिकांश फार्मेसीका सञ्चालक अनुगमन आउनुपूर्व नै पसल बन्द गरेर फरार भएका थिए ।
जनकपुरधामस्थित सँचालनमा रहेको कैयौँ औषधी पसल, अस्पतालहरुले कर छली गर्दै आएको छ । नक्कली बील दिने, बिल नै नदिने जस्ता कार्यमा दर्जनौ औषधी पसल र अस्पतालहरु सँचालनमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…