नेपालमा Facebook बन्द हुने अफवाह मात्र
न्यूज ब्यूरो || काठमान्डौँ, ३० चैत्त । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि माफी माग्दै हिँड्नु परेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय भने फेसबुकमा फैलिएको गलत सूचनाल

२०७४ चैत ३० शुक्रबार, दिउँसो ३:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमान्डौँ, ३० चैत्त । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ ।
फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि माफी माग्दै हिँड्नु परेको छ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय भने फेसबुकमा फैलिएको गलत सूचनाले हैरान छ ।
पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ र फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्लाको खण्डन गरेको छ ।
गलत सूचना फैलाउनेलाई कारबही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई भनिएको मन्त्रालयले जनाएको छ भनेर अनलाईनखवरमा समाचार छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…