जनकपुर चुरोट कारखाना (जचुकाली) पुनः सँचालन गर्ने तयारीः उद्योगमन्त्री बडु

मन्त्री बडूले कारखानाको भवनका साथै त्यहाँका मेशिनहरुको निरीक्षण गरेका हुन् ।

२०७९ श्रावण ११ बुधबार
बेलुकी ६:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी एवम् प्रदेश सरकारको मन्त्रालय रहेको जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सँचालनको लागि पहल गर्ने बताइएको छ । 

उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडूले कारखानाको निरीक्षण गरेका छन् ।

बुधबार उद्योगमन्त्री बडूले बन्द अवस्थामा रहेको जचुकालीको निरीक्षण गरेका हुन् । मन्त्री बडूले कारखानाको भवनका साथै त्यहाँका मेशिनहरुको निरीक्षण गरेका हुन् ।

कारखानाको निरीक्षण पश्चात उद्योगमन्त्री बडुले बन्द तथा जिर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसंचालनमा ल्याउने सरकारको तयारी स्वरुप आफूले जचुकालीको निरिक्षण गरेको बताए ।

 राष्ट्रिय उत्पादन बृद्धि गर्ने सरकारको लक्ष्य अनुरुप जचुकालीलाई समेत संचालनमा ल्याउने तयारी सरकारको रहेको र यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको उनले बताए ।

यस अघि मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सहित पूरै मन्त्रीमण्डल काठमाडौँ पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जचुकालीको प्राङ्गण प्रशासनिक भवनका लागि प्रयोग गर्न दिने माग सहित स्वामित्वका लागि ज्ञापन पत्र बुझाएका थिए ।

यसअघि उद्योग तथा आपूर्तिमन्त्री रहेका मातृक प्रसाद यादवले समेत जचुकाली सँचालनको लागि प्रतिवद्धता जनाएका थिए भने सो अघि रहेका मन्त्रीहरुले पनि जचुकाली सँचालनको लागि प्रतिवद्धता जनाउँदै आएपनि हालसम्म सँचालन भने हुन सकेको छैनन् । 

  • 6%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

डाक्टर कुटिएपछि मणिपाल अस्पतालको सबै सेवा ठप्प

  • २०७९ श्रावण ११ बुधबार

न्यूज ब्यूरो, पोखरा । पोखरास्थित रहेको मणिपाल अस्पतालमा विरामीको मृत्यूपछि डाक्टरमाथि कुटपिट हुँदा अस्पतालको सबै सेवा ठप्प पारिएको छ ।  लमजुङबाट उपचारका लागि सोमबार बिहान मणिपालमा ल्याइएकी ५७ वर्षीय महिलाको मृत्यु

पूरा पढ्नुहोस्

Bureau Menus