Close This

बलात्कार पीडितलाई हौसला दिन गायक नितिनले बनाए ‘जिन्दगीमा’ गीत

२०७९ श्रावण ११ बुधबार
बिहान ०८:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक भएको छ।  

गायक गजुरेलको फरक शैलीका गीतहरू ब्याक टू ब्याक चर्चामा आएको छ। 

जिन्दगीमा गीतको बोल :
" आउन सक्छौँ तिमी
दुई मुटु एकै धड्कन
बन्न सक्छौँ हामी
सुख दु:ख सङ्गसङ्गै काटौँला
हासोआसु सङ्गसङ्गै बाँडौँला
सानै होला संसार तर रमाउँला " 

रोमान्टिक शैलीमा तयार पारिएको गीत गायनमा नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।मुनाल शिशिर कोइरालाको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कारविरुद्धको सन्देश समेटिएको छ । 

भिडियोमा बलात्कार जघन्य अपराध हो । बलात्कृत नारीले आत्मसम्मान र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भनिएको छ । बलात्कारको पिडा बलात्कारीले नभएर स्वयं बलात्कृत नारीले भोग्छे भनेर समेत देखाउन खोजिएको भिडियोमा विजु पार्की र सुनिशा बजाजको मुख्य अभिनय रहेको छ ।

भिडियोले कथा मार्फत सबैले बलात्कृत महिलालाई हेर्ने आफ्नो सोच बदल्न सक्यो भने समाज आफै बदलिन्छ भनेर बुझाउन खोजिएको छ । भिडियोमा बालकलाकार ईशब घिमिरेको समेत अभिनय छ । सफल मोसन पिक्सचरले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् ।

 भिडियोका निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । गीत तथा भिडियो बलात्कारको बिषयमा सामाजिक सन्देश दिन निर्माण गरेको गायक नितिनले बताए । गीतले समाजमा बलात्कारको बिषयमा चेतनाको विस्तार गर्ने  विश्वास आफूले लिएको नितिनले सुनाए ।

यस भन्दा पहिला गजुरेलको नेपालीमा म जन्मेको देश, कसम हो कसम, अनुपम रङ्ग, आँखैले हेर्यौ, आँखामा तिम्रो छाया, आज राती तिमी, आकास धर्ती बीचको दुरी, झुक्यारै किन होला, अनुपम रङ्ग, चुचचाप बदलियो र मैथिलीमा प्रेमक पिचकारी, नैना नुकाक' र दिलके डायरी हिट रहेको छ।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus