जनकपुरको 'बाबा पेट्रोल पम्प' मा हँगामा
भिडियोमा बाबा पेट्रोल पम्पका व्यवस्थापन पक्षले कम पेट्रोल नदिएको जिद्द गर्दै गरेको देखिएको छ । उनीहरुले सो हँगामालाई कम गर्न आफूहरुले कम पेट्रोल नदिने गरेको दाबी गरिरहेको देखिएको छ । प्रहरीले केही बेरमा स्थितिलाई नियन्त्रणमा लिएर दुवै पक्षबीच सम्झौता गराएको थियो ।

२०७९ साउन १० मंगलबार, बिहान ११:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको बाबा पेट्रोल पम्पमा पुरै पैसा लिएर कम पेट्रोल दिएको भन्दै हँगामा भएको छ ।
आईतबार दिउँसो जन्ती गईरहेको केही युवकहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित रहेको बाबा पेट्रोलियममा गाडीमा पेट्रोल राख्न जाँदा मापन भन्दा कम पेट्रोल दिएको भन्दै हँगामा मच्चाए ।
नेपाल सरकारको दर अनुसार उनीहरुले प्रतिलिटरको हिसाबले पैसा दिएपनि उनीहरुले एक लिटरमा कम्तीमा १०० एमएल पेट्रोल कम दिने गरेको भन्दै हँगामा गरे ।
पटक पटक ठगी काण्डमा विवादमा रहँदै आएको बाबा पेट्रोलियमा काम गर्ने मजदुरहरुले मोटरसाईकलमा पेट्रोल हाल्दा एक लिटरभन्दा कम देखिएपछि उनीहरुले बोतलमा हाल्न भनेका थिए ।
एक लिटर मापन गरिएको खानेपानीको बोतलमा पेट्रोल हाल्न लगाएपछि कम्तीमा १०० एमएल पेट्रोल कम दिएको पुष्टि भएको थियो । यसरी एक लिटरमै १०० एमएल कम दिँदा दैनिक सयौँ लिटर तेलमा घप्ला गर्दै आएको भन्दै हँगामा खडा गरेको देखियो ।
केही युवकहरुले बाबा पेट्रोलियममा मोटरसाईकलमा पेट्रोलमा घप्ला गर्दै आएको भन्दै उनीहरुले भिडियो बनाएर समाजिक सँजालमा हालेका छन् । बोतलमा पेट्रोल हालेपछि प्रतिलिटरमा कम पेट्रोल दिँदै आएको खुलेको हो ।
कम पेट्रोल दिन थालेपछि जन्ती जान लागेका युवाहरुको एक समूहले बाबा पेट्रोल पम्पलाई घेराउ गर्दै कारवाहीको माग गरेको थियो । केही बेरमा आएको प्रहरीको टोलीले हँगामा नियन्त्रण गर्नको लागि प्रयास गर्दै गरेको भिडियोमा देखिएको छ ।
यसअघि पनि पेट्रोलियमको मूल्य वृद्धि लागुभन्दा अघि नै मूल्यवृद्धि गरी बेचेको आरोपमा कारवाही स्वरुप पेट्रोलियम नपाएका बाबा पेट्रोलले आफ्नो रबैया अझै छाडेका छैनन् ।
बाबा पेट्रोल पम्पका सँचालक जनकपुर पेट्रोलियम व्यावसायी सँघका अध्यक्ष पनि हुन । उनी आफ्नै पेट्रोल पम्पमा घप्ला गर्दै सेवाग्राहीलाई ठग्दै आएका छन् ।
भिडियोमा बाबा पेट्रोल पम्पका व्यवस्थापन पक्षले कम पेट्रोल नदिएको जिद्द गर्दै गरेको देखिएको छ । उनीहरुले सो हँगामालाई कम गर्न आफूहरुले कम पेट्रोल नदिने गरेको दाबी गरिरहेको देखिएको छ ।
प्रहरीले केही बेरमा स्थितिलाई नियन्त्रणमा लिएर दुवै पक्षबीच सम्झौता गराएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…