जनकपुरमा २३ लाख ८९ हजार रुपैयाँसहित युवक पक्राउ
विशेष सूचनाको आधारमा कुवाको महादेव मन्दिरस्थित प्रहरीले समिमको शरिर तलासी गर्दा उनको साथबाट सो रकम बरामद भएको हो । लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको ती युवकलाई प्रहरीले बाटोमै चेकजाँच गरेको थियो ।

२०७९ साउन ९ सोमबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित श्रोत नखुलेको २३ लाख बढी नगदसहित एक युवक पक्राउ परेका छन् ।
सोमबार अपरान्ह करिब ५ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको आदेशमा प्रहरी चौकी हनुमाननगरले युवकलाई २३ लाख ८९ हजार ४ सय ८० रुपैयाँसहित पक्राउ गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १२ कुवादेखि लोहना जाने बाटोमा मोटरसाईकलमा सवार छिमेकी मुलुक भारतको बिहार राज्य मधुवनी जिल्ला ग्राम पँचायत हरलाखी हरिने वडा नं. ९ बस्ने अन्दाजी बर्ष २१ का अब्दुल समिम पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा कुवाको महादेव मन्दिरस्थित प्रहरीले समिमको शरिर तलासी गर्दा उनको साथबाट सो रकम बरामद भएको हो । लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको ती युवकलाई प्रहरीले बाटोमै चेकजाँच गरेको थियो ।
युवकले चलाएको भारतीय नम्बर प्लेटको नम्बरको गाडी समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…