जनकपुरमा २३ लाख ८९ हजार रुपैयाँसहित युवक पक्राउ 

२०७९ श्रावण ९ सोमबार
रति ९:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित श्रोत नखुलेको २३ लाख बढी नगदसहित एक युवक पक्राउ परेका छन् । 

सोमबार अपरान्ह करिब ५ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको आदेशमा प्रहरी चौकी हनुमाननगरले युवकलाई २३ लाख ८९ हजार ४ सय ८० रुपैयाँसहित पक्राउ गरिएको हो । 

जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १२ कुवादेखि लोहना जाने बाटोमा मोटरसाईकलमा सवार छिमेकी मुलुक भारतको बिहार राज्य मधुवनी जिल्ला ग्राम पँचायत हरलाखी हरिने वडा नं. ९ बस्ने अन्दाजी बर्ष २१ का अब्दुल समिम पक्राउ परेका छन् । 

विशेष सूचनाको आधारमा कुवाको महादेव मन्दिरस्थित प्रहरीले समिमको शरिर तलासी गर्दा उनको साथबाट सो रकम बरामद भएको हो । लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको ती युवकलाई प्रहरीले बाटोमै चेकजाँच गरेको थियो । 

युवकले चलाएको भारतीय नम्बर प्लेटको   नम्बरको गाडी समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७९ श्रावण ९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus