Close This

सर्लाहीमा 'तराई समर वीक फैशन प्रतियोगिता' सम्पन्न, अरुणकान्त बने जज

२०७९ श्रावण ९ सोमबार
रति ८:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही ।  मधेश प्रदेश अन्तर्गत सर्लाहीको मलंगवामा ब्राइट इभेन्ट मेनेजमेन्टको प्रस्तुतिमा आयोजित तराई समर विक फैसन प्रतियोगितामा बेस्ट मोडलको उपाधि पुरुषतर्फ सुजित पटेल र महिलातर्फ श्रेया झाले जितेका छन् ।

प्रतियोगितामा सर्लाही जिल्ला लगायत जिल्ला बाहिर वीरगञ्ज र जनकपुरबाट भाग लिइ फाइनल प्रतिस्पर्धाको लागि छनौट भएका १४ जना फाइनालिस्टहरु मध्येबाट सुरज कुशवाहा र बुनु श्राफले दोस्रो तथा मनिष पासवान र स्वेता गुप्ताले तेस्रो स्थान जित्न सफल भएका छन् । 

प्रतियोगितामा सहभागी भएका अन्य प्रतिस्पर्धीहरुलाई पनि विभिन्न विद्याको पुरस्कारबाट सम्मानित गरिएको छ । 

मधेशका किशोर किशोरी तथा युवा युवतीहरुले आफू भित्र लुकाएर राखेको प्रतिभालाई उजागर गरी समाजमा फैसनको क्षेत्रलाई छुट्टै पहिचान दिलाउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएके थियो । 

प्रतिस्पर्धीहरुको जजमेन्ट मोडल, एक्टर आरसु महर्जन र अरुण कान्त यादवले गरेका थिए।


  • 7%
  • 0%
  • 2%
  • 0%
  • 0%
  • 91%

अनियमितताको हटस्पट ‘स्थानीय तह’

  • २०७९ श्रावण ९ सोमबार

न्यूज ब्यूरो, सिरहा | कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तहले व्यापक अनियमितता गरेको खुलेको छ । विपद् व्यवस्थापनमा खर्चदेखि पदाधिकारी भत्ता वितरण गरेर अनियमित खर्च देखाएर भ्रष्टाचार गरेको पाइएको छ । कोरोना संक्रमण

पूरा पढ्नुहोस्

Bureau Menus