मधेश प्रदेशः ४ बर्षिय बालिकालाई बलात्कार गरी हत्या आरोपमा सलमान खानसहित तीन पक्राउ
जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०७९ साउन ९ सोमबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशको पर्सामा चार वर्षीया बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा १२ वर्षीय बालकसहित तीनजना पक्राउ परेका छन् ।
प्रहरीले शनिवार जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका २ का १९ वर्षीय जफ्रुदीन भन्ने 'सलमान खान', वडा नं. १६ का १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।
बिहीबार साँझदेखि हराएको बालिकालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वीरगंज महानगरपालिका २ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला पारेको थियो ।
प्रहरीले घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछ गर्दा निज बालक र अन्य ३ जनाको संलग्नतामा ती बालिकालाई जबरजस्ती करणी पश्चात् हत्या गरेको खुल्न आएको हो ।
जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…