Close This

फिल्म 'मुस्कान' मा मुख्यमन्त्री राउत र मन्त्री यादव हिरो बन्ने

अहिले यी दुई फिल्मको अनुुसन्धान र स्क्रिप्ट लेखनको कार्य भइरहेको छ ।

२०७९ श्रावण ९ सोमबार
दिउसो १:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश वीरगँजकी एसिड पीडित मुस्कान खातुनको जीवनमा आधारित बन्न लागेको फिल्म मुस्कानमा वनमन्त्री प्रदीप यादवले हिरोको रोल निभाउने भएको छ । 

नेपाल सरकारको वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् ।

एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ । छायांकनको लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरे ।

उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।

निर्देशक ढुंगानाले खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्‍याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन् । ‘वनमन्त्री ज्यूले पनि सघाएकाले उहाँलाई पनि हिरो बनाउन लागेका हौं,’ ढुंगानाले भने ।

फिल्ममा मुस्कान स्वयंको पनि प्रमुख भूमिका हुन्छ । यसबाहेक रमितसँग रोधी घर र पृथ्वीनारायण शाह नामक दुई फिल्म पनि पाइपलाइनमा छन् । अहिले यी दुई फिल्मको अनुुसन्धान र स्क्रिप्ट लेखनको कार्य भइरहेको छ ।

साउन अन्तिमदेखि फिल्मको छायांकन सुरु हुने निर्देशक ढुंगानाले बताए । फिल्मको तयारी लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरेका छन् ।

उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।

मधेश प्रदेशमा मात्र नभएर देशैभरि दर्जनौ एसिड पीडितहरु अहिले पनि समस्याहरुसँग जुधिरहेकी छन् । उनीहरु एसिडको सिकार भएर सर्भाइभ गरिरहेकी छन् । 

जनकपुरकै आरती साह पनि एसिड पीडितको शिकार भई समाजिक जीवनसँग जुधिरहेकी छन् । दर्जनौ यस्ता घटनाहरुको पात्रलाई नसमेटी मात्र मुस्कान खातुनको जीवनलाई लिएर फिल्म बनाउन लागिएको हो । 


  • 0%
  • 75%
  • 8%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७९ श्रावण ९ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus