
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका युवा नेता अनिल कुमार पासवानले सँघीय सँसदको लागि उम्मेदवारी दिने भएको छ ।
नेकपा माओवादी केन्द्रमा करिब दुई दशकदेखि सक्रिय रहँदै आएका पासवानले दलित उत्थानको लागि मात्र नभई सिँगो क्षेत्रको जनताको युवा नेतृत्वको आवश्यकतालाई दर्साउँदै उनले प्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारी दिने बताएका छन् ।
न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीमा पासवानले पुरानो नेताहरुले विश्रामको आवश्यकता रहेको बताउँदै उनले पार्टीमा सल्लाहकारको भूमिकामा रहनुपर्ने बताए ।
देश युवाहरुको हातमा जाँदै गरेको अवस्थामा पुरानो नेताहरुले विश्राम लिई युवा नेतृत्वलाई कमान सम्हाल्न दिनुपर्ने धारणा राख्दै उनले आगामी मँसिरमा हुने प्रतिनीधिसभा तथा प्रदेशसभाको चुनावमा प्रतिनीधिसभाको लागि उम्मेदवारी दिने मनसाय जनाएका छन् ।
आफू पार्टीप्रति सधैँ वफादार रही काम गर्दै आएकोले पार्टीलाई आफूलाई टिकटको लागि समेत कुनै उपेक्षा नगर्ने बताए । उनले जातीय सिन्डीकेट ब्रेक गर्नको लागि पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहने जनाए ।
जनकपुरको तीन वटा औषधी पसल सील
- २०७९ श्रावण ८ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित तीन वटा औषधी पसलमा सील लगाइएको छ । चर्को मूल्य लिने र मापदण्ड विपरीत सञ्चालित जनकपुरधाम स्थित तीन औषधि पसल सिल गरिएको हो
पूरा पढ्नुहोस्