वलिउड फिल्म 'Mission China' मा मधेशीपुत्रका हिरो मेहताको 'खतरा रोल'
हिन्दी फिल्म 'मिसन चैना' फिल्म निर्माण हुँदै, अहिले सुटिङ्ग नेपालको पोखरामा...
२०७९ साउन ५ बिहीबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी पुत्र मैथिली फिल्मबाट चर्चामा आएका अभिनेता निराजन मेहता हिन्दी फिल्मको मिसन चाईनामा अभिनय गर्ने अवसर पाएका छन् ।
फिल्ममा मैथिली, भोजपूरी र नेपाली फिल्म क्षेत्रको मिथिला-मधेशको चर्चित चेहरा सप्तरी, तिरहुत गा.पा. निवासी निराजन मेहता 'खतरा रोल' मा देखिनेछ।
१७ वर्ष देखि फिल्म क्षेत्रमा समर्पित बलिउड इन्डस्ट्रीमा इन्ट्री गरेका मेहताले भने, " 'मिसन चैना' फिल्म चैना खतरा जैविक हाथ-हथियार बनाएर विश्वभरी आतंक फैलाइ रहेको योजनालाई फेल गर्ने मिसनमा आधारित रहेको छ। "

'अभिनेता-अभिनेत्री' वा लिड रोलमा भोजपूरी स्टार चकेल्टी बोय कुन्दन भर्द्वाज र भोजपूरी-हिन्दी स्टार यामिनी सिंह रहने छ। मेहता लगायत अवधेश मिश्रा, देव सिंह , ध्रुव कोईराला, मुर्ली मल्वानिक अभिनय रहनेछन्। यस फिल्मको कथा र निर्देशन अमित सराफको रहेको छ। निर्माण रंजीत सिंह उर्फ राम बाबु यादवले गरेका हुन्।
अभिनेता एवं निर्देशक मेहता पछिल्लो चरणमा मधेश पुत्र फिल्मको ३ वटा सेरिज निकालेर देश-विदेशबाट चर्चा हासिल गरेका छन्। नेपाली फिल्म १२ नेपाली १ चिहान, मधुवाला, D-Apple, तिमी विना आ भोजपूरी फिल्म 'हम दीवाना हैं तोहार' बाट हीट बनेका हुन्।
.jpeg)
उनीद्वारा लेखन र निर्देशन गरिएको 'अछूत' मैथिली लघु फिल्म UNDP को सर्ट फिल्म प्रतियोगितामा हालै पुरस्कृत पनि भएको छ। त्यसरी नै उनकै लिड अभिनय र निर्देशनमे मैथिली फिल्म 'तरास, एक खौफ' पनि शीघ्र रीलिज हुनेछ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विद्यानन्द वेदर्दी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…