धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट एमालेका कमलदेव यादवले उम्मेदवारी दिने
जनकनन्दिनी गाउँपालिका, कमला नगरपालिकामा एमालेको मध्यम पक्कड छ । यी दुई पालिकामा एमालेको स्थानीय तहको मत हेर्दा मध्यम पक्कड मानिएको छ भने शहिदनगर नगरपालिकामा अलिक कमजोर मानिएको छ । विदेह नगरपालिकामा एमालेको बलि

२०७९ साउन ३ मंगलबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी सँसदीय चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट नेता कमलदेव यादवले उम्मेदवारी दिने भएका छन् ।
केपी ओली नेतृत्वको एमाले पार्टीमा सक्रिय रहँदै आएका यादवले आगामी सँसदीय चुनावमा प्रदेश साँसदको लागि धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट उम्मेदवारी दिने बताएका छन् ।
नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य समेत रहेका कमलदेव यादव धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ मलहनिया स्थायी निवासी हुन् । उनका कान्छो भाई दिपिनदेव यादव जनता समाजवादी पार्टी (जसपा) नेपालबाट जनकनन्दिनी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् ।
२०४५ सालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका ५२ बर्षिय यादव विद्यार्थी कालदेखि नै बामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका हुन् । उनी २०५४ सालमा स्थानीय तहको चुनावमा एमाले पार्टीबाटै गाविस उपाध्यक्षका उम्मेदवार थिए ।
२०६४ सालदेखि २०७८ सालसम्म एमालेको धनुषा जिल्ला कमिटि सदस्य रहँदै आएका कमलदेव यादवले नेकपा एकिकरणको बेला उनी केन्द्रीय सदस्य भएका थिए ।
जनकनन्दिनी गाउँपालिका, कमला नगरपालिकामा एमालेको मध्यम पक्कड छ । यी दुई पालिकामा एमालेको स्थानीय तहको मत हेर्दा मध्यम पक्कड मानिएको छ भने शहिदनगर नगरपालिकामा अलिक कमजोर मानिएको छ ।
विदेह नगरपालिकामा एमालेको बलियो पक्कड रहेको छ । यादवले प्रदेश साँसदको लागि पहिलेदेखि नै माईन्डमेकअप गरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…