मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा नोकरीको अवसर, भारी सँख्यामा कर्मचारी माग
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा भारी सँख्यामा कर्मचारी माग गरेको छ । प्रतिष्ठानले साउन १ गते आईतबार सूचना विज्ञापन निकाल्दै विभिन्न पदको लागि प्रतिष्ठानलाई चाहिने कर्मचारी पदपूर्तिको लागि कर्मचारी माग गरिएको देखिएको छ । प्रतिष्ठ

२०७९ साउन १ आइतबार, दिउँसो १२:४८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा भारी सँख्यामा कर्मचारी माग गरेको छ ।
प्रतिष्ठानले साउन १ गते आईतबार सूचना विज्ञापन निकाल्दै विभिन्न पदको लागि प्रतिष्ठानलाई चाहिने कर्मचारी पदपूर्तिको लागि कर्मचारी माग गरिएको देखिएको छ ।
प्रतिष्ठानले निकालेको विज्ञापनमा मेडिकल अधिकृतमा १ जना माग गरेको छ । जसको लागि योग्यता भने एमबिबिएस वा सो सरह मा गरिएको हो । यस्तै, नर्सिँग अधिकृत (सातौँ) को लागि एक जना माग गरिएको छ । जसको लागि बिएससी नर्सिँग योग्यता माग गरिएको हो ।
यस्तै, विज्ञापनमा स्टाफ नर्स (पाँचौ), हेल्थ असिस्टेन्ट (पाँचौँ) पनि माग गरिएको छ । सो पदको लागि आवेदन दिनले पिसिएल नर्सिँग र पिसिएल जेनेरल मेडिसिन योग्यता माग उल्लेख गरिएको हो ।
करार सेवाको लागि मधेश स्वास्थ्य विज्ञापन प्रतिष्ठानले निकालेको विज्ञापनमा सिएमए, अनमी, फार्मेसी अधिकृत (सातौँ), फार्मेसी अधिकृत (पाँचौ) तहमा विज्ञापन निकालेको हो । फार्मेसीको लागि बि.फार्मेसी र सहायकको लागि पिसिएल फार्मेसी योग्यता उल्लेख छ ।
विज्ञापनमा डेन्टल अधिकृत (आठौँ) माग गरिएको छ । दाँत सम्बन्धी चिकित्सकको लागि प्रतिष्ठानले बिडिएस वा सो सरहको योग्यता माग गरेको हो । सोही क्रममा डेन्टल हेजेनिष्ट (पाँचौ) को लागि पिसिएल डेन्टल हाईजीन स्तर माग गरिएको छ ।
यसका साथै, ओरलमैक्जिलोफैसियल सर्जन (नवौ) तहमा एमडिएस योग्यता भएको उम्मेदवार खोजेको छ । त्यसमा पनि ओरल र म्याक्सीलो फेसियल सर्जरी योग्यता हुनुपर्ने उल्लेख छ ।

मेडिकल अँकोलोजी (नवौ) तहमा एमडी–मेडिकल अँकलोजी, सर्जिकल अँकोलोजीमा एमएस सर्जिकल अँकोलोजी, मेडिकल ल्याब टेक्नसीयन, रेडियो ग्राफर अधिकृत, रेडियो ग्राफर टेक्नीसियन, एनेथेसिया टेक्नोलोजीस्ट, एनेथेसिया टेक्नीसियन, डाईलेसिस टेक्नीसियन, फिजियोथेरापी अधिकृत, फिजियो थेरापी सहायक, अपथैलमोलोजी टेक्नीसियन, कम्पुटर अपरेटर, लाईब्रेरी सहायक, लाईब्रेरी सहायक (चौथो), बायोमेडिकल ईन्जिनीयर (सातौँ), बायोमेडिकल टेक्नीसियन लगायतका कर्मचारी माग गरिएको छ ।
यसका साथै, सिभिल सव ईन्जिनीयर (पाँचौ), ईलेक्ट्रीकल सव ईन्जिनीयर, एसी र रेफ्रिजेनरेटर टेक्नीसियन, ईलेक्ट्रीसियन, पलम्बर र कार्यालय सहयोगीमा करारमा कर्मचारी माग गरिएको हो ।
प्रतिष्ठानको विज्ञापन अनुसार आवेदन दिने अन्तिम मिति २०७९ साउन १५ गतेसम्म तोकिएको छ । यस्तै, सम्पर्क मिति भने साउन १७ गते राखिएको हो । परीक्षाको किसिम र समय भने सम्पर्क मितिमै तोकिने उल्लेख गरिएको छ ।
माथि उल्लेखित पदमा आवेदन दिनको लागि आवेदनकर्ताले नेपाली ५०० देखि १५०० रुपैयाँसम्म दस्तुर बुझाउनुपने भएको छ । श्रेणीविहिनहरुको लागि रु. ५०० तोकिएको छ भने चौथो र पाँचौ तहको लागि ६०० रुपैयाँ तोकिएको छ ।
यस्तै, सातौँ र आठौँ तहको लागि ८०० रुपैयाँ तोकिएको छ भने नवौँ तहको लागि १००० रुपैयाँ दस्तुर तोकिएको छ । असिस्टेन्ट प्रोफेसर, लेक्चररको लागि १२०० रुपैयाँ छ भने प्रोफेसर, एशोसिएट प्रोफेसरको लागि १५०० रुपैयाँ तोकिएको छ ।
दस्तुर बुझाउनको लागि प्रतिष्ठानको राष्ट्रिय वाणिज्य बैँक, जनकपुर शाखामा रहेको खाता नम्बर १२२०१०००२६४९६००१ मा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा जम्मा गरी भौचर भने निवेदन साथ पेश गर्न भनिएको छ ।
आवेदन डाउनलोड गर्नको लागि दिएको लिंक https://mihs.edu.np/ मा क्लीक गरी डाउनलोड गर्न सकिन्छन् । प्रतिष्ठानको वेभसाईट https://mihs.edu.np/ बाट डाउनलोड गरिएको आवेदन रितपूर्वक भरी प्रतिष्ठानको नर्सिङ क्याम्पस जनकपुरधाममा जम्मा गर्न विज्ञापनमा उल्लेख छ ।
प्रकाशित विज्ञापन डाउनलोड गर्नुहोसः Madhesh-Bigyan-Add.pdf
आवेदन फाराम डाउनलोड गर्नुहोसः MIHS-application-form.pdf


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…