Ncell ले लिँदै आएको सेवा दस्तुर आजदेखि घटायो
एनसेल एजियाटा कम्पनीले एक सूचना जारी गर्दै सरकारलाई बुझाउने कर ग्राहकबाटै असुल गरी बुझाउँदै आएकोमा अबदेखि मात्र १० प्रतिशत सेवा शुल्क लिने जनाईएको छ । एनसेलले प्रदान गर्ने दुर सँचार सेवामा ग्राहकले आज साउन १ गतेदेखि लागू हुने गरी दुर सँचार सेवा दस्तुर १० प्रतिशत कायम गरिने सूचनामा उल्लेख छ ।

२०७९ साउन १ आइतबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दुरसँचार सेवा प्रदायक कम्पनी एनसेलले आजदेखि शुल्कमा लिँदै आएको करको दायरा घटाउने भएको छ ।
नेपाल सरकारले ल्याएको आर्थिक विद्येयक २०७९ बमोजिम दुर सँचार सेवा उपलब्ध गराए वापत ग्राहकहरुबाट लिँदै आएको १३ प्रतिशत करबाट ३ प्रतिशत घटाएर मात्र १० प्रतिशत कर लिने भएको छ ।
एनसेल एजियाटा कम्पनीले एक सूचना जारी गर्दै सरकारलाई बुझाउने कर ग्राहकबाटै असुल गरी बुझाउँदै आएकोमा अबदेखि मात्र १० प्रतिशत सेवा शुल्क लिने जनाईएको छ ।
एनसेलले प्रदान गर्ने दुर सँचार सेवामा ग्राहकले आज साउन १ गतेदेखि लागू हुने गरी दुर सँचार सेवा दस्तुर १० प्रतिशत कायम गरिने सूचनामा उल्लेख छ ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…