जनकपुरमा टेम्पोको ठक्करबाट एक युवक गम्भिर
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित यात्रुवाहक टेम्पोको ठक्करपछि एक युवकको अवस्था गम्भिर भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचोकस्थित विहिबार अपरान्ह यात्रुवाहक टेम्पोले एक पैदल यात्री युवकलाई ठक्कर दिएपछि उनको अवस्था गम्भिर भएको हो । जनकपुरधामको क्याम्पस

२०७९ असार ३० बिहीबार, राति ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित यात्रुवाहक टेम्पोको ठक्करपछि एक युवकको अवस्था गम्भिर भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचोकस्थित विहिबार अपरान्ह यात्रुवाहक टेम्पोले एक पैदल यात्री युवकलाई ठक्कर दिएपछि उनको अवस्था गम्भिर भएको हो ।
जनकपुरधामको क्याम्पस चोकबाट राराब कलेज जाने बाटोमा एक पैदल यात्री लाई ट्याम्पुले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सो क्रममा जनकपुर उपमहानगरपालिका वडा नम्बर २५ लोहना बस्ने १६ वर्षीय तहमिद शेख गीम्भर घाइते भएका छन् । तहमिद लाई तत्कालीन उपचार गराउन प्रदेशिक अस्पताल लगिएको छ।
स्थानीयहरुको भनाई अनुसार प्रदेश २–०२००१ ह ००४१ नम्बरको यात्रुवाहक ट्याम्पु अनियन्त्रित भएर ब्रेक लगाउन नसक्दा पैदल यात्री शेखलाई ठोकेको थियो ।
टयाम्पो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ भने घाईतेको उपचार अस्पतालाई भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…