मन्त्री नबनाउँदा गाली गलौज, यादवलाई मन्त्री बनाइदिएपछि चाँदीको छत्ता
सांसद् प्रदीप यादवले पर्सा जिल्ला र समग्र देशको लागि पुर्याएको योगदानलाई कदर गर्दै उनलाई मन्त्री नियूक्त गरिदिएकोमा जसपा पर्साको एउटा कार्यकर्ता टोलीले अध्यक्ष उपेन्द्र यादवलाई धन्यवाद स्वरूप १ किलोको चाँदीको झण्डा प्रदान गरेर सम्मानित गरेका हुन् ।

२०७९ असार ३० बिहीबार, राति ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाउँदा पार्टीकै अध्यक्ष विरुद्ध आन्दोलन र गालीगलौज गरेका यादवले मन्त्री पद पाउँदा चाँदीको छाता उपहार दिएका छन् ।
पार्टी अध्यक्षलाई गाली गलौज तथा वीरगँजका युवाहरुलाई उक्साएर काठमान्डौँको बालकुमारीमा रहेको पार्टी कार्यालयसम्म आन्दोलन गरेका प्रदीप यादवले मन्त्री पद पाउने वित्तिकै चाँदीको छात्ता प्रदान गरेका छन् ।
मन्त्री नबनाएको झोँकमा आक्रोसित प्रदीप यादवले पार्टी अध्यक्ष उपेन्द्र यादव विरुद्ध नारावाजी, गाली गलौच, आन्दोलन, मशाल जुलुस गराएपछि उनी कारवाहीमा समेत परेका थिए । यसपाली मन्त्री बनाउँदा सोही अध्यक्षलाई चाँदीको छात्ता दिएका छन् ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्री नियूक्त गरेकोमा जनता समाजवादी पार्टी नेपाल (जसपा( का अध्यक्ष उपेन्द्र यादवलाई पर्सा जिल्लाका कार्यकर्ताले धन्यवाद स्वरूप चाँदीको छाता दिएर सम्मानित गरेका छन् ।
सांसद् प्रदीप यादवले पर्सा जिल्ला र समग्र देशको लागि पुर्याएको योगदानलाई कदर गर्दै उनलाई मन्त्री नियूक्त गरिदिएकोमा जसपा पर्साको एउटा कार्यकर्ता टोलीले अध्यक्ष उपेन्द्र यादवलाई धन्यवाद स्वरूप १ किलोको चाँदीको झण्डा प्रदान गरेर सम्मानित गरेका हुन् ।
वीरगञ्जमा चलिरहेको जसपा केन्द्रीय समितिको बैठकको दोस्रो दिन नगरसभा गृह (टाउन हल) पुगेका कार्यकर्ताको टोलीले मञ्चमै पुगेर अध्यक्ष यादवलाई चाँदीको छात्ता (झण्डा) हस्तान्तरण गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…