बालेनले राति १० बजे फेसबुकमा लेखे ‘काम गर्न देउ, डिस्टर्ब नगर’
न्यूज ब्यूरो ,काठमाडौं | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ मेयर बनेर आएपछि काठमाडौँको फोहोर पहिले जसरी पनि उठ्न सकिरहेको छैन् । फोहोरले काठमाडौँ दुर्गन्धित बनिरहँदा सोमबार राती १० बजे ‘बालेन’ले आफ्नो अन अनभेरीफाइड फेसबुक पेजबाट ‘काम गर्न देउ, डिस्टर्ब नगर’ भनेर लेखिएको स्टाटस केही स

२०७९ असार २९ बुधबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ,काठमाडौं | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ मेयर बनेर आएपछि काठमाडौँको फोहोर पहिले जसरी पनि उठ्न सकिरहेको छैन् ।
फोहोरले काठमाडौँ दुर्गन्धित बनिरहँदा सोमबार राती १० बजे ‘बालेन’ले आफ्नो अन अनभेरीफाइड फेसबुक पेजबाट ‘काम गर्न देउ, डिस्टर्ब नगर’ भनेर लेखिएको स्टाटस केही समयमा नै डिलिट भएको छ ।
बालेनका बालेन नामका भेरिफाइड र अनभेरिफाइड दुई वटा फेसबुक पेज रहेका छन्। बालेनको उक्त स्टाटसलाई लिएर केहीबेरमै कमेन्टको वर्षा भएको थियो।
कमेन्टको वर्षा आउन थालेपछि बालेन भन्ने पेजमा रहेको उक्त काम गर्न देउ, डिस्टर्ब नगर हटाइए पनि अहिले उक्त पेजमा लेखिएको स्टाटसको स्क्रिन सर्ट भाइरल बनिरहेको छ ।
बालेन बजेटमा समेटिएका विषय लगायत विभिन्न कारणले पछिल्लो समय विवादमा तानिएका बल्ल उक्त स्टाटस आएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…