Close This

जसपाको राजनीति

४० प्रतिशत दाबीसहित बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने 

२०७९ असार २९ बुधबार
बिहान ०८:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बृहत् बैठकमा ४० प्रतिशत सदस्य उपस्थित रहेको दाबी बाबुराम भट्टराई समूहले गरिरहेको बेला संस्थापन पक्षले त्यसलाई अवैधानिक भनेको छ ।

पार्टी नै कब्जा गर्ने प्रयास गरिने बताइए पनि त्यो संभव नदेखिएपछि डा. भट्टराई समूहले पार्टी विभाजनका लागि कानूनी वातावरण मिलाइदिन सरकार सित सम्पर्कमा रहेको विश्वदीप पाण्डेयले बताए । जसपा विभाजन हुनेरनहुन वीरगञ्जको बैठकमा भरपर्ने भट्टराई पक्षधर नेताहरुले जनाएका छन् ।

बुधबारदेखि संस्थापन पक्षको केन्द्रीय समितिको बैठक वीरगञ्जमा बस्दै छ । बैठकको प्रारम्भमै पार्टीभित्र कुनै समस्या छ भने अझै पनि त्यसलाई बसेर समाधान गर्न सकिने डा भट्टराईले बताए । 

उनले वीरगञ्जको बैठक स्थगित गरेर छलफलका लागि आउन जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आह्वान गरिसकिएको उनले बताए । जसपा कार्यकारिणी सदस्य महिन्द्रराय यादवले आफूहरू कुनै पनि हालतमा पार्टी विभाजन नहोस् भन्ने पक्षमा रहेको दाबी गरे ।

 ‘यो बैठकमा जतिजना उपस्थित हुनुहुन्छ, तीमध्ये कोही पनि पार्टी विभाजनको पक्षमा हुनुहुन्न,’ उनले भने, ‘तर हामीले भनेर मात्र हुँदैन । यसका लागि उपेन्द्र यादव पनि तयार हुनुपर्छ ।’ 

बैठकमा जसपाका कार्यकारिणी सदस्यहरु मध्ये डा. भट्टराई, महिन्द्र यादव, रमेश यादव, हिसिला यमी, प्रशान्त सिंह, डम्बर खतिवाडा , दानबहादुर चौधरी, नवराज सुवेदी सहभागी भएका छन् ।

भट्टराई संघीय परिषद्का अध्यक्ष रहेकाले केन्द्रीय समितिको बैठक बोलाउने हैसियत नभएको जनाउँदै प्रदेश सभासदस्य समेत रहेका कार्यकारिणी समिति सदस्य मनिष सुमनले भने, पार्टी विभाजन हुन नदिन केही नेताहरुले भूमिका खेलिरहेका छन् । 

वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकमा सुमनले २२ जना उपस्थित रहेको उनले बताए । केन्द्रीय समितिको बैठकमा लगिने एजेण्डाहरु उपर कार्यकारिणी समितिको बैठकमा छलफल भएर अनुमोदन गरिएको उनले बताए ।

 भट्टराईले बोलाएको बैठकमा ११ जना केन्द्रीय समिति र २ सय ३० जना सदस्यहरुको उपस्थित रहेको विश्वदीप पाण्डेयले जनाए । विगतमा भट्टराईले संकलन गरेको हस्ताक्षरलाई नै बैठकमा केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको दाबी गरेका छन् ।

काठमाण्डुको जडीबुटीमा भट्टराई समूहको र वीरगञ्जमा संस्थापन पक्ष कार्यकारिणी समितिको बैठक भइरहेको बेला निवर्तमान मन्त्री रेनु यादव, रामनरेश यादव, राजकिशोर यादव लगायतका कार्यकारिणी सदस्यहरु अनुपस्थित रहेका छन् । 

उनीहरुले अध्यक्ष यादव र भट्टराई दुबै जनालाई पार्टी नफुटाउन दबाब दिने अभियानमा लागेको बताउँदै आएका छन् ।तर मनिष सुमनले कार्यकारिणी सदस्य श्रीमती रेनु यादव बुधबारको बैठकमा सहभागी हुने उनले बताए ।

स्रोतहरुका अनुसार राजकिशोर यादव र रामनरेश राय लगायतले भारी पलडा हुने समूहसित लाग्ने पक्कापक्की छ । भट्टराईले आफ्नो धारणा राख्ने क्रममा पार्टीको पुनर्गठन गरिने बताए । 

अध्यक्ष यादवले पनि केन्द्रीय समितिको बैठक ११ बजे बुधबार टाउन हलमा बोलाएका छन् । कार्यकारिणी समितिले अनुमोदन गरेका एजेण्डाहरुलाई अनुमोदन गराइने छ ।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित तीन वटा औषधी पसलमा सील लगाइएको छ ।  चर्को मूल्य लिने र मापदण्ड विपरीत सञ्चालित जनकपुरधाम स्थित तीन औषधि पसल सिल गरिएको हो

पूरा पढ्नुहोस्

Bureau Menus