तेस्रो दर्जाका गायक सन्नु कुमार खँगको तेस्रो गीत पनि डिलिट, हालात पञ्चर
अरुकै म्यूजिक चोरी गरेर चुरिफुरी देखाउँदै आएका सन्नु कुमार खँगको अवस्था एक लाईभ भिडियोमा उनकै समकक्षी कौशल झाले देखाए । मदिरा सेवन गरी तथानाम बोलेका कौशल झाले सो भिडियो केही बेरमै डिलिट पनि गरेको देखिएको छ ।

२०७९ असार १९ आइतबार, बिहान ७:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफूलाई आफैँले मेगा स्टार घोषणा गरेका स्वघोषित तेस्रो दर्जाका गायक सन्नु कुमार खँगको हालात अहिले पञ्चर भएको छ ।
अश्लिल गीतकै माध्यमले भाईरल हुन खोजेका तेस्रो दर्जाका गायक सन्नु कुमार खँगको गीतहरु डिलिट हुने क्रम जारी छ । ९९ प्रतिशत गीतमा चोरीको म्यूजिक राखेपछि अरिजिनल मालिकहरुले उनको च्यानलमा स्ट्राईक गर्ने क्रम जारी राखेको छ ।
उनको दुईवटा गीत युटुबले शनिबारसम्म डिलिट गरिदिएको छ भने पुनः अर्को गीत पनि युटुबले डिलिट गरिदिएको छ । अधिक पटक हेरिएको उनको गीत नै च्यानलबाट डिलिट हुन थालेपछि उनको च्यानल समेत खतरामा परेको छ ।
निन्तर अश्लिल गीत लेख्ने कौशल झाको समेत हालात पञ्चर भएको छ । शनिबार राती फेसबुक लाईभ आएर उनले सार्वजनिक रुपमा धम्की समेत दिन भ्याए । सन्नु कुमार खँगले गाउने अधिकाँश बढी अश्लिल गीत कौशल झा नै लेख्दै आएका छन् ।

आफूलाई मैथिली भाषाको उजागरकर्ता घोषणा गरेका स्वघोषित गीतकार कौशल झाले सन्नु कुमार मिथिला मधेशको सँस्कृतिलाई अगाडी बढाएको भनेर पनि दाबी गर्न भ्याए । उनको 'तोहर कमी गे पगली' बोलको गीत डिलिट भएको स्वीकार कौशल झाले लाईभ भिडियोमा गरेका छन् ।
मिथिला र मधेशको सँस्कृतिमाथि खडा प्रहार गरेका सन्नु कुमार खँग र गीत लेख्ने कौशल झाले मैथिली भाषा जोगाउन आफूहरुको भूमिका ठुलो रहेको पनि लाईभ भिडियोमै बताउन भ्याए ।
सन्नु कुमार खँगले गाउने ९९ प्रतिशत गीतमा हिन्दी गीतको म्यूजिक चोरी गरिएको हुन्छ । चोरी गरिएको म्यूजिकमा अश्लिल, अभद्र शब्दहरु प्रयोग गरी गीत निर्माण गरी समाजिक सँजाल युटुबमा हाल्दै आएका छन् ।
अरुकै म्यूजिक चोरी गरेर चुरिफुरी देखाउँदै आएका सन्नु कुमार खँगको अवस्था एक लाईभ भिडियोमा उनकै समकक्षी कौशल झाले देखाए । मदिरा सेवन गरी तथानाम बोलेका कौशल झाले सो भिडियो केही बेरमै डिलिट पनि गरेको देखिएको छ ।
%20Sannu%20Kumar%20-%20YouTube.png)
उनको च्यानलमा रहेको ९९ प्रतिशत गीत हिन्दी गीतबाट चोरी गरिएको म्यूजिकमा रहेको छ । यद्यपी, उनले आफैँले सो चोरीको म्यूजिक भएको गीत डिलिट नगरे उनको च्यानल नै डिलिट हुने प्रबल सम्भावना देखिएको छ ।
आफैँले भिडियोहरु हटाए कापिराईट क्लेमकर्ताले स्ट्राईक हान्न पाउने छैन, जसले उनको च्यानल बच्ने एक मात्र विकल्प रहेको छ । अन्य अश्लिल गीतहरुमा भाषा, सँस्कृति जगेर्नाकर्ताहरुले निरन्तर स्ट्राईक दिने कार्य पनि जारी राखेको बुझिएको छ ।
अश्लिल गीत गाउनेमा मात्र सन्नु कुमार खँग होईन, सिरहाका ज्ञानु यादव, महोत्तरीकी सुमन सोना, धर्मेन्द्र निर्मलिया लगायत दर्जनौ तेस्रो दर्जाका गायकहरु छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…