न्यूज ब्यूरो ||
जनकपुरधाम, २६ चैत्त । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले नगरपालिकामा नमुना जडिबुटी उद्यान कार्यक्रम सँचालन गर्ने निर्णय गरेका छन् ।
सोमबार नगरस्तरीय स्वास्थ्य समितिको आयोजनामा सम्पन्न स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर बरबरियाले नगरभित्र नमुना जडिबुटी उद्यान कार्यक्रम सँचालन सहित हरेक वडाको लागि वडास्तरीय आयुर्वेद उपचारात्मक कार्यक्रम समेत सँचालन गरिने जनाएको छ ।
समितिका अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मेयर बरबरियाले स्वास्थ्यका सम्पुर्ण कार्यक्रम लगायत औषधि खरिद यथाशिघ्र गर्ने तथा आयुर्वेद सेवाका योग जडिबुटी तालिम , स्वस्थ्यबृत योग कार्यक्रम , वार्डस्तरीय आयुर्वेद उपचरात्मक कार्यक्रम , पञ्चक्रम सेवा व्यवस्थापन र नमुना जडिबुटी उध्यान व्यवस्थापन कार्यक्रम सन्चालन निर्देशिका सर्व सहमतिले पास गरिएको जनाए ।
अन्तरक्रियाको प्रमुख अतिथिको आसनबाट बोल्दै बरबरियाले पूर्व घोषित हरेक वडामा योग शिविरको कार्यक्रमलाई अति शिघ्र नै मूर्तरुप दिने बताए ।
स्वास्थ्यका समग्र क्षेत्रका समस्यालाई पहिचान गरि समस्याका समाधानका उपायबारे समेत नगरकार्यपालिकालाइ प्रतिवेदन पेश गर्न स्वास्थ्य समितिलाइ जिम्मेवारी दिइएको हो ।
नगरभित्र देखिएका स्वास्थ्यका सम्पूर्ण समस्यालाई समय अनुकुल निराकरण गर्ने बताउँदै स्वास्थ्य सम्बन्धी कुनै पनि प्रकारको समस्या वा स्वास्थ्य क्षेत्रमा देखिएको सुस्तता बारे जानकारी गराउन जनसमक्ष आग्रह गरे ।
कार्यक्रममा बिशेष अतिथी नगरकी उप मेयर शिला देवि कापर सबै वडाका वडाध्यक्ष, स्वास्थ्य सँस्था प्रमुख , प्रमुख प्रशासकिय अधिकृत , लेखा अधिकृत एवम नगर स्तरियस्वास्थ्य समितिको सद्स्य समेतको सहभागिता रहेको थियो भने नगर स्तरिय स्वास्थ्य समितिका सदस्य सचिव राम छविला यादवले कार्यक्रम सँचालन गरेका थिए ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…