मन्त्रिपरिषद् पुनर्गठन: प्रधानमन्त्री देउवाले गरे एकीकृत समाजवादीका मन्त्री हेरफेर
न्यूज ब्यूरो, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, पर्

२०७९ असार १२ आइतबार, राति ८:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरेको हो।
आइतबार मात्रै एकीकृत समाजवादीका चार मन्त्रीले राजीनामा दिएका थिए।
रामकुमारी झाक्री, प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडाले राजीनामा दिएका थिए।
नवनियुक्त मन्त्रीहरूको सोमबार बिहान ११ बजे सपथ ग्रहण हुनेछ।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…