धनुषा प्रहरीद्धारा २०० लिटर अवैद्य मदिरा नष्ट
विनय कुमार यादव || जनकपुरधाम, २६ चैत्त । धनुषा प्रहरीले आज भारी मात्रामा अबैद्य मदिरा नष्ट गरेका छन् । विभिन्न समयमा धनुषाको नौसय विघा र धनुषाधाम सडकखण्डमा मात्र चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको २ सय लिटर अबैद्य मदिरा स्थानीयहरुको रोहबरमा नष्ट गरिएको हो । धनुषाधाम नगरपालिका अन्तर्गत उमाप्रेमपुर प

२०७४ चैत २६ सोमबार, राति ८:४३ बजे१ मिनेट पढाइ

विनय कुमार यादव ||
जनकपुरधाम, २६ चैत्त । धनुषा प्रहरीले आज भारी मात्रामा अबैद्य मदिरा नष्ट गरेका छन् ।
विभिन्न समयमा धनुषाको नौसय विघा र धनुषाधाम सडकखण्डमा मात्र चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको २ सय लिटर अबैद्य मदिरा स्थानीयहरुको रोहबरमा नष्ट गरिएको हो ।
धनुषाधाम नगरपालिका अन्तर्गत उमाप्रेमपुर प्रहरी चौकीबाट विभिन्न समयमा खटिगएको प्रहरी टोलीले उक्त मात्राको अबैद्य मदिरा बरामद गरेका थिए ।
आज वडा नं. ५ का वडाध्यक्ष ईन्द्र कुमार महतो, स्थानीय बुद्धिजीवी, स्वाथ्यकर्मी, सँचारकर्मी र युवाहरुको रोहबरमा ती बरामद गरिएको अबैद्य मदिरा नष्ट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…