शहिदनगरको बजेट ५५ करोड बढी अनुमान, जनपक्षीय कार्यक्रम हुने मेयर यादवको दाबी
नगरसभामा सबै वडाका वडाध्यक्षहरु, वडा सदस्यहरुसहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

२०७९ असार १० शुक्रबार, राति १०:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट ५५ करोड बढी अनुमान गरिएको छ ।
शुक्रबार सम्पन्न सातौँ नगरसभाबाट आगामी आर्थिक बर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरिएको हो । सो नगरसभाबाट ५५ करोड ४० लाख २९ हजार रुपैयाँ बजेट अनुमान गरिएको हो ।
नगरपालिकाको नगर प्रमुख दिनेश प्रसाद यादवको सभापतित्व तथा जनता समाजवादी पार्टी (जसपा ) नेपालका नेता एवम् प्रदेश साँसद राम अशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको ७ औँ नगरसभाबाट सार्वजनिकीकरण गरिएको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको मेयर यादवले बताए ।
चालु तर्फ ३३२४१७४००/- र पूँजिगत तर्फ २२१६११६००/- बजेटरहेकाे छ |

उनले शहिदनगर नगरपालिकाको जनप्रतिनीधिहरुको सर्व सहमतिले आगामी आर्थिक बर्षको लागि बजेटिकरण गरिएको बताए । उनले जनपक्षीय र जनभावना अनुसारकै बजेट ल्याइएको दाबी गरे ।
नगरसभाको लागि प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, लेखापाल लोक बहादुर नेपाली, कम्प्यूटर अपरेटर विष्णुदेव यादव लगायतका अन्य कर्मचारीहरुले अहम भूमिका निर्वाह गरेको बताइएको छ ।

नगर उपप्रमुख सुनीता कुमारी सिँहको विशिष्ट आतिथ्य एवम् सभा सचिवको रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले सभा उदघोष गरेका थिए ।
नगरसभाको लागि जिन्सी शाखाका प्रमुख सुदिप भट्टराईले व्यवस्थापन गरेका थिए । नगरसभा सफलतापूवर्क सम्पन्न गर्नको लागि उनले व्यवस्थापन चुस्त पारेका थिए । उनले कार्यक्रमको लागि सम्पूर्ण व्यवस्थान कार्यको जिम्मेवारी पाएका भट्टराईले निष्ठा र उत्साहपूर्वक जिम्मेवारी निर्वाह गरेको बताइएको छ ।
नगरसभामा सबै वडाका वडाध्यक्षहरु, वडा सदस्यहरुसहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
(समाचारमा यसअघि भूलवंश ५५ को सट्टा ५४ हुन गएकोले सच्याईएको छ । –सम्पादक)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…