जनकनन्दिनी गाउँपालिकाको बजेट ४७ करोड बढी, अध्यक्ष यादवले गरेको घोषणा नीति कार्यक्रममा
नगरसभाको लागि कर्मचारीहरुमा प्रशासन प्रमुख राम नरेश ठाकुर, सूचना प्रविधि शाखाका ऋषिकेश यादव, कम्प्यूटर अपरेटर सँजय यादव, लेखापाल दीपेन्द्र यादव, सहलेखापाल अभिषेक विराजी, स्वास्थ्य शाखाका रविभुषण मण्डलले विशेष सहयोग गरेको हो ।

२०७९ असार १० शुक्रबार, राति ९:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले चुनावको समयमा घोषणा गरेका नीति तथा कार्यक्रमहरु वाचा अनुसार आगामी बजेटमा समावेश गरेका छन् ।
गाउँपालिका अध्यक्ष यादवले चुनावको समयमा जनतासँग गरेको वाचा र पदभार ग्रहणपछि गरेको घोषणाहरु आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमा उतारेका छन् ।
जनकनन्दिनी गाउँपालिकाको शुक्रबार सम्पन्न ८ औँ नगरसभाबाट ४७ करोड बढी अनुमानित बजेट ल्याइएको छ । आर्थिक बर्ष २०७९/८० को कुल ४७ करोड २९ लाख ९६ हजारको बजेट अनुमान गरिएको छ ।
शुक्रबार नै ८ औँ नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपिन देव यादवले गाउँपालिकावासीसँग चुनावको समयमा गरेको वाचा अनुरुप नीति कार्यक्रमहरुलाई प्राथमिकता दिएका छन् ।

धनुषा जिल्लामै जनकनन्दिनी गाउँपालिकाले कृषिमैत्री बजेट ल्याएका छन् । जनकनन्दिनी गाउँपालिकाका ९५ प्रतिशत बढी नागरिक कृषि पेशामै रहेको र त्यसलाई १०० प्रतिशत पुरयाउन एवम् किसान सहुलियतको लागि कृषिमैत्री बजेट ल्याएको बताइएको छ ।
गाउँपालिका अध्यक्ष यादवले दोस्रो प्राथमिकतामा शिक्षालाई राखिएको बताएका छन् । किसानको धरातललाइ मध्यनजर गर्दै जनकनन्दिनी गाउँपालिकाको एक आर्थिक बर्षको बजेटले व्यापक सुधार आउने अपेक्षा समेत गरे ।
उनले गाउँपालिकाभित्रको कृषि सुधारको लागि कृषि आधुनिकीकरण, अन्न भण्डारण, चिस्यान लगायतका भौतिक पूर्वाधार निर्माण गरिने भएको छ । यसले यहाँको किसानलाई प्रत्यक्ष फाईदा पुग्ने छ ।
यस्तै, दोस्रो प्राथमिकतामा परेको शिक्षा क्षेत्रलाई सुधारको लागि प्रत्येक वडामा पुस्तकालय खोल्ने उल्लेख छ । गाउँपालिकाभित्र प्राविधिक शिक्षा सँचालन गर्ने लक्ष्य आगामी बजेटमा लिइएको छ ।
यस्तै तेस्रो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेर आगामी कार्ययोजना प्रस्तुत गरिएको छ । जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले प्रस्तुत गरेकी नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा भवन निर्माण र हरेक वडामा योग शिविर सँचालन गरिने उल्लेख छ ।

८ औँ नगरसभा जनकनन्दिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दासको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यमा सँचालन गरिएको थियो ।
नगरसभाको लागि कर्मचारीहरुमा प्रशासन प्रमुख राम नरेश ठाकुर, सूचना प्रविधि शाखाका ऋषिकेश यादव, कम्प्यूटर अपरेटर सँजय यादव, लेखापाल दीपेन्द्र यादव, सहलेखापाल अभिषेक विराजी, स्वास्थ्य शाखाका रविभुषण मण्डलले विशेष सहयोग गरेको हो ।
समय सीभाभित्रै नगरसभाको लागि राष्ट्रसेवक कर्मचारीहरुले ठुलो भूमिका निर्वाह गरेको बताइएको छ । नगरसभा सर्वसहमतिले नीति तथा कार्यक्रम सार्वजनीकिकरण गरिएको हो ।
जनकनन्दिनी गाउँपालिकाको नीति तथा कार्यक्रम हेर्नुहोस् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…