शहिदनगरमा काँग्रेसका नेता यादव र प्रत्यासी मेयर गोईतबीच जुवानी जँग
उनलाई प्रमाणित गर्न चुनौति दिएपछि उनले जतिबेला पनि आरोप साबित गर्न सक्ने बताएका छन् ।

२०७९ असार ९ बिहीबार, बेलुकी ७:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय सरकार गठन भएपछि निरन्तर विकास निर्माणले चर्चामा रहँदै आएको धनुषाको शहिदनगर नगरापालिकामा अहिले राजनीतिक अस्थिरताले दुई नेताबीच जुवानी जँग चलेको छ ।
स्थानीय तहको दोस्रो चुनावमा नेपाली काँग्रेसबाट मेयरमा उम्मेदवारी दिएका सुधीर गोईत र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि सत्रुध्न यादवबीच अहिले जुबानी जँग सुरु भएको छ ।
आसन्न स्थानीय तह चुनाव २०७९ मा काँग्रेसका महाधिवेशन प्रतिनीधि रहेका नेता सत्रुधन यादवले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सहयोग गरी काँग्रेसमा अन्तरघात गरेको आरोप लगाए ।
सो आरोपपछि नेता सत्रुधन यादवले खण्डन गर्दै अन्तरघात साबित भए राजनीतिबाट सन्यास लिने भन्दै आरोप लगाउने मेयरका प्रत्यासी सुधीर गोईतलाई खुल्ला चुनौति दिएपछि जुवानी जँग सुरु भएको छ ।
मेयरका प्रत्यासी गोईतले नेता यादवमाथि काँग्रेसमा अन्तरघात गरेको भनेर केही दिन अगाडी एक फोटो फेसबुकमा सेयर गरेका थिए । जुन तस्विरमा नेपाली काँग्रेसका नेता सत्रुघन यादव जसपाबाट निर्वाचित नयाँ जनप्रतिनीधिहरुसँग देखिएका थिए । सोही फोटो राखिएपछि दुवै जनाबीच अहिले जुबानी जँग छिरेको छ ।
सो तस्विरमा विजयी उत्सव मनाउने बेला आग्रहमा सरिक मात्र भएको र आशिर्वाद मात्र थपेको स्पष्टोक्ति नेता यादवले दिएका छन् भने प्रत्यासी मेयर सुधीर गोईतले निरन्तर उनलाई अन्तरघाती भनेका छन् ।
“कसको राजनीति चरीत्र छ कसको छैन त्यो शहिदनगर को जन्तालाई राम्रोसँग थाहा छ रहियो कुरा सत्यताको कसैले छुपाएर चुप्दैन प्रमाणित गर्ने कुरामा शहिदनगरको जन्ता जहा पनि प्रमाणित गरिद्न्छ । जो सत्य हो त्यो कुरा मात्रै लेखेछु। सत्यता छुपाउन जुठो कुराहरू लेखेर सत्य छुपदैन । जिल्ला , प्रदेश र केन्द्र लाई थाहा छ वास्तविक के भएको हो र कसले के गरेको हो ?”– उनले एक समाचारको टिप्पणीमा लेखेका छन् ।
फोटोलाई अतिरञ्जित पारिएको दाबी गरिएपनि प्रत्यासी मेयर गोईतले उनलाई पार्टीभित्रका अन्तरघाती र गद्दारको सँज्ञा दिँदै आएका छन् । उनलाई प्रमाणित गर्न चुनौति दिएपछि उनले जतिबेला पनि आरोप साबित गर्न सक्ने बताएका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा प्रत्यासी मेयर गोईतले आफू अहिले बाहिर रहेको तथा नगरपालिका आएपछि प्रमाणसहित पेश गरिने चेतावनी समेत दिए ।
शहिदनगर नगरपालिकामा काँग्रेसकै अन्तरघातको कारण काँग्रेसको उम्मेदवार पराजीत भएको दाबी प्रत्यासी मेयर गोईतले गर्दै आएका छन् । शहिदनगरमा अहिले जसपाबाट दिनेश प्रसाद यादव मेयर छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…