धार्मिक स्थलै एक जोडीले रोमान्स गरेपछि युवकलाई रामधुलाई
यहाँ, जनकपुरधामको जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप, भूतनाथ मन्दिर, कृष्ण मन्दिर लगायतका स्थानमा यस्ता गतिविधिहरु दैनिक रुपमा हुँदै आएपनि उनीहरुलाई कसैले पनि कुनै कारवाही गर्न सकेको छैनन् ।

२०७९ असार ९ बिहीबार, दिउँसो १:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक स्थलमा आफ्नो श्रीमतिसँग रोमान्स गरेपछि त्यहाँस्थित रहेको श्रद्धालुहरुले एक युवकलाई रामधुलाई गरेको छ ।
छिमेकी मुलुक भारतको उत्तर प्रदेश (युपी) को अयोध्यामा रामकी पैडी मा स्नान गर्न गएका एक जोडीले सोही स्थानमा आफ्नी श्रीमतिलाई चुम्बन गरेको देखेर अन्य श्रद्धालुहरुले रामधुलाई गरेको छ ।
धार्मिक स्नान स्थलमा श्रीमतिलाई अँगालो हालेर चुम्बन गरेको देखेपछि एक जनाले भिडियो बनाउँदै उनलाई रामधुलाई गरेको हो । सो स्थलमा यीनीहरु दुवै जना आफ्नो रोमान्समा मग्न रहेको बेला अन्य सयौँ दर्शनार्थीहरु त्यहाँ स्नान गरिरहेका थिए ।
रामकी पैडी भनेर चिनिने सो प्रसिद्ध धार्मिक स्थलमा यीनीहरुको हर्कत देखेपछि त्यहाँ रहेका अन्य श्रद्धालुहरुले उनलाई समातेर रामधुलाई गरेको हो । पानीमा नुहाउँदै समयमा उनले आफ्नी श्रीमतिलाई चुम्बन गरिरहेको पाईएको थियो ।
श्रद्धालुहरुका अनुसार रामकी पैडी विश्वप्रसिद्ध धार्मिक स्थलमध्ये एक हुन् । सो स्थलको महत्व अनुसार उनीहरुले गरेको हर्कतको कुनै माफीनामा नहुने पनि बताएका छन् ।
अयोध्याको यो घटनाको भिडियो अहिले समाजिक सँजालमा भाईरल बनेको छ । ती जोडीले पानीमा स्नान गर्ने बेलामै एक आपसमा अँगालो हानेर चुम्बन गरिरेहको दृश्य एक जनाले कैद गरिरहेका थिए ।
भिडियो सो जोडीलाई गाली गलौत समेत दिइएको देखिएको छ । पहिले त उनीहरुलाई अन्य श्रद्धालुहरुले नजरअन्दाज गरिरहेको देखिएको छ तर जब रोमान्स अधिक र आपत्तिजनक हुन थालेपछि पुरुषलाई धुलाई गरेको हो ।
उनको श्रीमति समेत उही ठाउँमा उनलाई बचाउन खोजिएको देखिएको छ । सो स्थल विशुद्ध धार्मिक स्थल भएकोले त्यस्ता क्रियाकलापको लागि कानुनी कारवाही र जनकारवाही गरिएको हो ।
यहाँ, जनकपुरधामको जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप, भूतनाथ मन्दिर, कृष्ण मन्दिर लगायतका स्थानमा यस्ता गतिविधिहरु दैनिक रुपमा हुँदै आएपनि उनीहरुलाई कसैले पनि कुनै कारवाही गर्न सकेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…