Vianet ले 'गुड विथ इन्टरनेट' मार्फत १५ं परिवारलाई गर्यो मद्दत
ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो। उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभा दिदीको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो।

२०७९ असार ९ बिहीबार, बिहान ७:३७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा विश्वासिलो मानिएको ईन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले पैसाकै अभावमा इन्टरनेट र शिक्षाबाट वञ्चित परिवारलाई सहयोग गर्ने उदेश्य अघि सारेको छ ।
भायानेट कम्युनिकेसन प्रा.लि. ले आफ्नो कर्पोरेट सामाजिक दायित्व अन्तर्गतको गुड विथ इन्टरनेट अभियान यो वर्ष पनि जारी राख्दै अहिलेसम्म १५ परिवारलाई सहयोग गरेको छ ।
कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पैसाको अभावले इन्टरनेट जोड्न नसकी शैक्षिक अवसरहरूबाट वञ्चित भएका विद्यार्थीहरूलाई मद्दत गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान मार्फत एक दर्जन बढी परिवारलाई सहयोग गरेको हो ।
ह्युमन्स अफ काठमाडौंले आफ्नो सामाजिक संजाल मार्फत काभ्रेबाट आफ्ना छोराछोरीलाई पढाउन काठमाडौं आएकी प्रतिभा दिदीले महामारीका कारण अनलाइन गएको समयमा आफ्नो छोरालाई पढाउन नसकेको कुरा लेखेको थियो। उक्त कुरा थाहा पाएपछि भायानेटले प्रतिभा दिदीको परिवारलाई इन्टरनेट दिएर सहयोग गरेको थियो।
यसरी इन्टरनेट र पठन–पाठनबाट वञ्चित एउटा परिवारलाई गरिएको सहयोग नै गुड विथ इन्टरनेट नामक कर्पोरेट सामाजिक उत्तरदायित्व अभियानमा परिणत भयो।
जसले पैसाकै अभावका कारण इन्टरनेट र पठन–पाठनबाट वञ्चित परिवार र उनीहरूका बालबालिकाको शिक्षालाई इन्टरनेट दिएर सहयोग गर्दछ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…