सिरहाः सेवाग्राहीलाई 'माची...ने' भन्दै अभद्र गाली गर्ने कर्मचारी पक्राउ
सोही भिडियो न्यूज ब्यूरोमा प्रसारण भएपछि समाजिक सँजालमा भाईरल बनेको थियो ।

२०७९ असार ९ बिहीबार, बिहान ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लाको लहानस्थित रहेको प्रादेशिक अस्पतालका एक कर्मचारी पक्राउ परेका छन् ।
बुधबार लहान अस्पतालका एक कर्मचारीले आफ्नो सेवाग्राहीमाथि गरेको अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गर्ने प्रादेशिक अस्पताल लाहानका नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन ।
सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो गर्न जादा सामान्य भनाभन पछि चर्काचर्की भएको बताईएको छ।
त्यसै क्रममा महतोले उक्त सेवाग्राहीलाई अपशब्द भनेका थिए । अस्पताल प्रशानको चर्को विरोध पछि ईप्रका लाहानले कर्मचारी महतोलाई गिरफ्तार गरेको डिएसपी कुमार मैनालीले जानकारी दिएका छन् ।
कर्मचारी महतोले सेवाग्राहीलाई अपशब्द भनिने “मा...क्ने” शब्दको गाली गरेपछि सेवाग्राहीले उनको भिडियो बनाएर मिडियामा दिएका थिए । सोही भिडियो न्यूज ब्यूरोमा प्रसारण भएपछि समाजिक सँजालमा भाईरल बनेको थियो ।
एक सरकारी कार्यालय मात्र नभएर प्रादेशिक अस्पताल जस्तो संवेदनशिल क्षेत्रको कार्यालयभित्र कर्मचारीले सेवाग्राहीमाथि यस्तो व्यवहार गरेपछि चौतर्फी आलोचना सहित कारवाहीको माग गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…