जनकपुर–धनुषाधाम–धारापानी सडकखण्ड जीर्ण भएपछि सरोकारबाला मुकदर्शकः मेयर मण्डल 

२०७९ असार ६ सोमबार
रति ८:४७ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम–धनुषाधाम र धारापानीसम्मको सडकखण्ड जीर्ण भएपनि सरोकारबाला मुकदर्शक भएको आरोप लगाईएको छ । 

धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले न्यूज ब्यूरोसंग कुराकानी गर्दै जनकपुरधाम देखि धनुषाधामसम्म बाटोको अवस्था हेर्दा दयनीय बन्दै गएको छ बताए । 

“धनुषाधामहामी नगरपालिकाबाट त्यो सडक खण्ड केही गर्न सक्दैनन् कानुनी संम्वत सडक विभागको मातहतमा पर्ने बाटो हुँदा हामी केही गर्न सक्दैनौं ।– मेयर मण्डलले भने । 

आफूहरु बारम्बार सडक विभाग तथा संम्वधित निकायहरूमा पहल गरेको सरोकारबालाहरु कता न कता आफ्नो नजिक तिर मात्र लभिङ्ग गरेको आरोप लगाउँदै आफ्नो क्षेत्र मात्र हेर्ने ठुला नेताहरुकै कारणले यस भेगमा पहल नगरिदएको गुनासो समेत पोखे । उनले कर्मचारीहर समेत सो सडकखण्डमा आफ्नो नियत नै सोझो न राखेको आरोप लगाए ।

दिनहुँ  धनुष मन्दिरमा पर्यटकहरु प्रत्येक दिन ३ देखि ४ सयसम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेकोमा बाटो नै जीर्ण बनेपछि यहाँ श्रद्धालुहरुको आवागमन कम भई यहाँको व्यापार, व्यावसाय र आन्तरिक राजस्व समेत मार्कामा परहेको बताए । 

बाटो जीर्ण भएको कारण सोही सडकखण्डमा पटक पटक सवारी दुर्घटना समेत भईरहँदा पटक पटक ध्यानाकर्षण गराएको उनले बताए । बर्यायाममा हिलाम्य र सुख्खामा धुलाम्य हुँदा सो समयमा विरामीहरु समेत बढने गरेको चिकित्सकहरु बताउँछन् ।

आईतवार धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल ,उपमेयर बिध्यादेवी भुजेल ,वडा नं १ का अध्यक्ष बिश्वनाथ यादव, २ का लक्ष्मी कुमार साह, ३ का जय नारायण यादव ,५ का इन्द्रकुमार महतो,धनुषाधाम ब्यपार संघका प्रतिनिधिहरुको समेत संयुक्त टोलि सडक विभाग कार्यलयमा कार्यलय प्रमुख संजय कुमार मिश्र संग ध्यानाकर्षण गराउन यथा शिघ्र बाटो निर्माण गराईदिन आग्रह गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 90%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०७९ असार ६ सोमबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus